बैंकिङ प्रणालीमा लगानीयोग्य रकम निरन्तर थपिंदै, जेठमा मात्रै बढ्यो १ खर्ब १५ अर्ब

बिजमाण्डू
२०८२ असार १ गते १८:३४ | Jun 15, 2025
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम निरन्तर थपिंदै, जेठमा मात्रै बढ्यो १ खर्ब १५ अर्ब

काठमाडौं। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थपिने क्रम निरन्तर बढेको छ। रेमिटेन्समा बढोत्तरीका कारण बैंकिङ प्रणालीमा तरलता निरन्तर थपिएको हो।

Tata
GBIME

वाणिज्य बैंकहरुमा जेठ महिनामा मात्रै १ खर्ब १५ अर्ब रुपैयाँ तरलता थपिएको छ। जसका कारण वैशाखको तुलनामा जेठमा २० मध्ये १९ बैंकमा निक्षेप बढेको छ।

नेपाल एसबिआइ बैंकको निक्षेप १ अर्ब १७ करोडले खुम्चिएको छ। जेठमा ग्लोबल आइएमई बैंकमा सबैभन्दा धेरै १३ अर्ब ५६ करोड रुपैयाँ निक्षेप थपिएको छ।

वाणिज्य बैंक निक्षेप रकम
वैशाखसम्म रु अर्बमा
निक्षेप रकम जेठसम्म
रु अर्बमा
फरक
(प्रतिशतमा)
कृषि२७०.४२२५७.०३१३.३९
सिटिजन्स२०५.३५२०१.२५४.१
एभरेष्ट२८०.८७२७४.७३६.१४
ग्लोबल आइएमई५५४.२९५४०.७३१३.५६
हिमालयन३०७.९३०५.३२.६
कुमारी३६१.८७३५६.८५.०७
लक्ष्मी सनराइज३५८.३७३५२.५४५.८३
माछापुच्छ्रे१७५.९११७१.७९४.१२
नबिल५१३.५५५०७.१४६.४१
नेपाल३२४.२१३१८.५२५.६९
नेपाल इन्भेष्टमेन्ट मेगा४६७.१७४६२.४१४.७६
नेपाल एसबिआइ१९४.७३१९५.९-१.१७
एनआइसी एसिया३०२.३८२९४.१२८.२६
एनएमबि२७५.६२२७१.०४४.५८
प्रभु३३०.५८३२४.७१५.८७
प्राइम२५४.८२२४९.८४४.९८
राष्ट्रिय वाणिज्य४६७.७६४५६.९३१०.८३
सानिमा२२०.६७२१७.५१३.१६
सिद्धार्थ२६३.७६२५८.२१५.५५
स्टान्डर्ड चाटर्ड१२७.९३१२६.६८१.२५
जम्मा६२५८.१६६१४३.१८११४.९८
स्रोत : बैंकर्स संघ

जेठमा वाणिज्य बैंकहरुले ३६ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी बढाएका छन्। कुमारी र एनआइसी एसिया बाहेक बैंकले कर्जा लगानी बढाएका हुन्। प्राइम कमर्सियल बैंकले सबैभन्दा धेरै ५ अर्ब ३२ करोड रुपैयाँले कर्जा लगानी बढाएको छ।

कुमारी बैंकको कर्जा भने ६ अर्ब १२ करोड रुपैयाँले खुम्चिएको छ।

वाणिज्य बैंक कर्जा प्रवाह
वैशाखसम्म रु. अर्बमा
कर्जा प्रवाह
जेठसम्म रु. अर्बमा
फरक
(प्रतिशतमा)
कृषि२१६.१४२१३.५७२.५७
सिटिजन्स१७५.६१७४.४५१.१५
एभरेष्ट२२४.४३२२४.२७०.१६
ग्लोबल आइएमई४४१.८२४४०.८११.०१
हिमालयन२५५.१२२५३.३६१.७६
कुमारी२८७.७२२९३.८४-६.१२
लक्ष्मी सनराइज२९०.२२२८८.२४१.९८
माछापुच्छ्रे१४८.५६१४७.५६
नबिल४२९.२७४२४.४८४.७९
नेपाल२३३.८५२३१.५६२.२९
नेपाल इन्भेष्टमेन्ट मेगा३५६.५३५४.५७१.९३
नेपाल एसबिआइ१४२.१५१४१.८०.३५
एनआइसी एसिया२३९.९८२४०.२९-०.३१
एनएमबि२४१.५७२३६.८९४.६८
प्रभु२३६.४५२३४.९११.५४
प्राइम२२६.५२२१.१८५.३२
राष्ट्रिय वाणिज्य३००.४६२९५.३१५.१५
सानिमा१८६.६८१८३.८१२.८७
सिद्धार्थ२२२.६२२१९.६१३.०१
स्टान्डर्ड चाटर्ड९१.५६९०.३७१.१९
जम्मा४९४७.२४९१०.८८३६.३२
स्रोत : बैंकर्स संघ