
काठमाडौं। गृहमन्त्री रमेश लेखकले भिजिट भिसाका नाममा त्रिभुवन विमानस्थलमा भएको अवैध असुलीमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।
उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुको नाराबाजीकाबीच समय लिएर बोल्दै आफू निर्दोष रहेको दाबी गरे।
‘मेराविरुद्ध गरिएको प्रचारमा कुनै सत्यता छैन। उक्त कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन। मेराविरुद्ध नियोजितरुपमा आक्रमण गर्ने प्रयत्न भएको छ। यसप्रति खेद व्यक्त गर्छु,’ उनले भने।
गृहमन्त्री लेखकले रोष्टमबाट बोलिरहँदा रास्वपाका सांसदहरुले वेल घेराउ गरिरहेका छन्। उनीहरुले गृहमन्त्री लेखकको राजीनामा मागेका छन्। सदन अवरोधमा रास्वपालाई साथ दिएका राप्रपाका सांसद वेल घेराउमा भने सहभागी भएनन्।