हिम स्टार ऊर्जा कम्पनीको आइपीओ निष्कासन, पहिलो चरणमा २.८० लाख कित्ताका लागि आवेदन माग



बिजमाण्डू
२०८२ जेठ ३० गते १०:५३ | Jun 13, 2025
हिम स्टार ऊर्जा कम्पनीको आइपीओ निष्कासन, पहिलो चरणमा २.८० लाख कित्ताका लागि आवेदन माग

काठमाडौं। हिम स्टार ऊर्जा कम्पनीले आइपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका श्रमिक र आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्कासन गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले स्थानीयका लागि अंकित मूल्य १०० रुपैयाँमा १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता छुट्याएको छ।

आयोजना प्रभावितहरुमा ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका-८, साविक भुसिंगा गाविसवासी, सोलुखुम्बुको लिखुपिके गाउँपालिका-२, साविक गोली गाविस-१, २, ३, ४ र ५ का स्थानीय पर्छन्।

आयोजना प्रभावित स्थानीयले सेयर खरिदका लागि असार १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा गएकाहरुलाई ९३ लाख २५ हजार रुपैयाँ बराबरको ९३ हजार २५० कित्ता सेयर छुट्याइएको छ। इच्छुकहरुले १० देखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा गएकाहरुका लागि छिटोमा जेठ ३० र ढिलोमा असार १३ गतेसम्म निष्कासन खुला रहनेछ।

कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गर्नेछ।

हिम स्टारले चुक्ता पुँजीको ३० प्रतिशत सेयर निष्कासनका लागि २०८० मंसिरमा नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएकामा यही जेठ ९ गते ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

विद्युत उत्पादन क्षमता ५ मेगावाट रहेको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल छ। चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म कम्पनी २१ लाख ५० हजार रुपैयाँ नोक्सानीमा छ। कम्पनीको प्रति सेयर नेटवर्थ ९९.१८ रुपैयाँ र प्रति सेयर आम्दानी ०.२१ रुपैयाँ ऋणात्मक छ।