
काठमाडौं। एप्पलको बहुप्रतिक्षित आइफोन १७ का सबै सिरिजमा १२० हर्जको डिस्प्ले जडान हुने भएको हो। आइफोन १७ सिरिज १२० हर्जको डिस्प्ले हुने एप्पलको पहिलो स्मार्टफोन लाइनअप बन्दैछ।
सन् २०२१ सम्म कम्पनीले ल्याएका आइफोन प्रो मोडलहरुमा उच्च रिफ्रेस रेट (प्रोमोसन)को डिस्प्ले थियो। स्ट्यान्डर्ड आइफोनमा कम्पनीले ६० हर्जको स्क्रीन जडान गरिंदै आएको छ।
यो वर्ष भने एप्पलले बेस मोडल आइफोन १७ र आइफोन १७ एयरमा पनि अप्ग्रेडेड १२० हर्जको डिस्प्ले ल्याउने चर्चा छ।
गत वर्ष सार्वजनिक गरिएको आइफोन १६ र १६ प्लसमा एप्पलले ६० हर्जको रिफ्रेस रेटसहितको ओएलइडी स्क्रीन डिस्प्ले जडान गरेको थियो।
आइफोन १६ प्रो र प्रो म्याक्समा मात्रै ओएलइडी स्क्रीनसहितको १२० हर्ज रिफ्रेस रेटको डिस्प्ले छ। एप्पलले यही रणनीति आइफोन १४ र १५ को लाइनअपमा पनि कार्यान्वयन गरेको थियो।