
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। उनलाई राजावादी प्रदर्शनका क्रममा प्रहरीले नक्साल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
राजावादी आन्दोलनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि थापालाई पक्राउ गरिएको हो। उनीसँगै अन्य राप्रपा नेता कार्यकर्ता पनि प्रहरी नियन्त्रणमा परेका छन्।

राजावादीहरूले आज पनि नक्सालमा भेला भएर जुलुस निकालेका थिए। निषेधित क्षेत्र तोकिएको बालुवाटार जान कोसिस गर्दा पुलिसले नक्सालमै रोकेपछि थापासँगै राप्रपा कार्यकर्ताहरु प्रहरीसँग धक्कामुक्कीमा पुगेका थिए।

त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।


