प्रदेश र स्थानीय तहका लागि ४.१७ खर्ब बजेट, पूर्वाधारमा प्रदेशको बजेट आधा घट्यो

बिजमाण्डू
२०८२ जेठ १५ गते १५:४० | May 29, 2025
प्रदेश र स्थानीय तहका लागि ४.१७ खर्ब बजेट, पूर्वाधारमा प्रदेशको बजेट आधा घट्यो


काठमाडौं। सरकारले वित्तीय समानीकरण अनुदान प्रदेशका लागि ६० अर्ब ६६ करोड र स्थानीय तहका लागि ८८ अर्ब ९७ करोड रुपैयाँ छुट्याएको छ। यो रकम चालु आर्थिक वर्षको भन्दा केही बढी हो।

Tata
GBIME

चालु आर्थिक वर्ष वित्तीय समानीकरण अनुदान प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो।

यस्तै ससर्त अनुदान प्रदेशका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

पूर्वाधार आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान प्रदेशका लागि ३ अर्ब २८ करोड र स्थानीय तहका लागि १० अर्ब ६ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए। प्रदेशका लागि चालु आर्थिक वर्ष समपूरक अनुदान ६ अर्ब २० करोड रुपैयाँ छुट्इयाएको थियो।

यस्तै विशेष अनुदान प्रदेशका लागि ३ अर्ब २७ करोड र स्थानीय तहका लागि ९ अर्ब ७८ करोड रुपैयाँ छुट्याइएको छ। ससर्त समपूरक र विशेष अनुदान कार्यसम्पादनका आधारमा हस्तान्तरण गरिने पौडेलले बताए।