अर्थमन्त्री पौडेलले प्रतिनिधि सभामा पेस गरे आर्थिक सर्वेक्षण, जीडीपीको आकार ६१ खर्ब ७ अर्ब

बिजमाण्डू
२०८२ जेठ १५ गते १३:५४ | May 29, 2025
अर्थमन्त्री पौडेलले प्रतिनिधि सभामा पेस गरे आर्थिक सर्वेक्षण, जीडीपीको आकार ६१ खर्ब ७ अर्ब


काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसद्‍मा पेस गरेका छन्।

Tata
GBIME

उनले प्रतिनिधि सभाको बिहीबारको बैठकमा मुलुकको समग्र आर्थिक, सामाजिक र भौतिक स्थिति समेटिएको आर्थिक सर्वेक्षण पेस गरेका हुन्।

अर्थमन्त्री पौडेलले जेठ १३ गतेको बैठकमा नै आर्थिक सर्वेक्षण पेस गर्ने तालिका थियो। तर, विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर बैठक अवरुद्ध गरेपछि आर्थिक सर्वेक्षण पेस हुन सकेको थिएन।

विपक्षी दलहरुले बिहीबार अवरोध हटाएपछि अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गरेका हुन्।

अर्थमन्त्री पौडेलले यो वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने बताए। उनका अनुसार मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) यो आर्थिक वर्ष ६१ खर्ब ७ अर्ब पुग्नेछ।