
काठमाडौं । आज गणतन्त्र दिवस। सत्तारुढ दल नेकपा एमालेले आजको दिन राजधानीमा उत्सव र्याली आयोजना गरिरहेको छ।
भृकुटीमण्डपमा दिउँसो २ बजेसम्म हुने कार्यक्रमका लागि काठमाडौंका विभिन्न स्थानबाट र्याली निकालिएको छ। एमाले नेता कार्यकर्ता हाल भृकुटीमण्डप पुग्ने क्रम जारी छ।

विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरि संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ।

जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वाेच्चता प्राप्त भएको थियो। गणतन्त्र दिवसलाई वंशीयतन्त्रलाई जनताले जितेको उत्सवका रुपमा एमालेले मनाउँदैछ।






