राष्ट्रिय सभामा अवरोध नगर्ने विपक्षी दलको रणनीति, गृहमन्त्रीको राजीनामा भने माग्ने

बिजमाण्डू
२०८२ जेठ १४ गते १३:०३ | May 28, 2025
राष्ट्रिय सभामा अवरोध नगर्ने विपक्षी दलको रणनीति, गृहमन्त्रीको राजीनामा भने माग्ने
File Photo


काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई जोडिएर आएको भिजिट भिसा प्रकरणमा विपक्षी दलले राष्ट्रिय सभामा भने अवरोध नगर्ने भएका छन्।

Tata
GBIME

विपक्षी दलले लेखकको राजीनामा माग्दै प्रतिनिधिसभा अवरोध गर्दै आएका छन्। आज बस्ने राष्ट्रिय सभा बैठकलाई भने अवरोध नगर्ने विपक्षी दलको योजना छ।

यद्यपि, विपक्षी दलले राष्ट्रियसभामा पनि गृहमन्त्रीको राजीनामा भने माग्ने भएका छन्।

विपक्षी दलले आजको प्रतिनिधिसभामा पनि गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्ने तयारी गरेका छन्।