पार्क भिलेज रिसोर्टमा चोरी, पीपीई र मास्क लगाएको चोरले लग्यो ३३५ तोला चाँदी

बिजमाण्डू
२०८२ जेठ १३ गते १३:४९ | May 27, 2025
पार्क भिलेज रिसोर्टमा चोरी, पीपीई र मास्क लगाएको चोरले लग्यो ३३५ तोला चाँदी


काठमाडौं। बुढानिलकण्ठ नगरपालिका-३ स्थित पार्क भिलेज होटलमा चोरी भएको छ। सोमबार राति करिब ३ सय ३५ तोला बराबरको चाँदीका विभिन्न भाँडाहरु र एउटा ल्यापटप चोरी भएको प्रहरीले जनाएको छ।

Tata
GBIME

रिसोर्टमा राखिएका चाँदीका भाँडा चोरी भएको हो। अनुसन्धानमा रातिको समयमा व्यक्तिगत सुरक्षा कवच (पीपीई) र मास्क लगाएका मानिसले सामान चोरी गरेको देखिएको छ।

चोरीमा संलग्नको खोजीका साथै घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।