कुलेखानी-कलंकी-हुमाने सडक कालोपत्र हुँदै, आजदेखि १९ दिनसम्म बाटो बन्द हुने

बिजमाण्डू
२०८२ जेठ २ गते ०७:१९ | May 16, 2025
कुलेखानी-कलंकी-हुमाने सडक कालोपत्र हुँदै, आजदेखि १९ दिनसम्म बाटो बन्द हुने
File Photo


काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं-हेटौंडा चल्ने सडकमध्ये कुलेखानी-कलंकी-हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सूचना जारी गरेको छ।

Tata
GBIME

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अप्ठ्यारो नहोस् भनेर उक्त सूचना जानकारी गराइएको बताए।

मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी-कलंकी-हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म (१९ दिन) सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ।

सूचनामा भनिएको छ, ‘नेपाल प्रहरी हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने सवारीसाधनले अन्य वैैकल्पिक सडक (कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ) सडक प्रयोग गरी आवागमन गर्नु/गराउनु हुनसमेत सम्बन्धित सबैलाई जानकारी गराउँदछ।’