बार्सिलोनाले जित्यो ला लिगाको २८ औँ उपाधि, १७ वर्षे यमलको उत्कृष्ट प्रदर्शन

बिजमाण्डू
२०८२ जेठ २ गते ०७:१३ | May 16, 2025
बार्सिलोनाले जित्यो ला लिगाको २८ औँ उपाधि, १७ वर्षे यमलको उत्कृष्ट प्रदर्शन
च्याम्पियन टोली बार्सिलोनाका खेलाडी। तस्बिर: एपीन्युज


बार्सिलोनाले ला लिगाको उपाधि जितेको छ। गएराति सम्पन्न खेलमा इस्पानोयललाई २-० गोलअन्तरले हराउँदै बार्सिलोना २८ औँ पटक ला लिगा च्याम्पियन बनेको हो।

Tata
GBIME

स्पानोयलको घरेलु मैदान आरसीडीईमा बार्सिलोनाले २-० गोलको जित निकाल्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफ बार्सिलोनाले दुबै गोल गरेको थियो। खेलको ५३ औँ मिनेटमा लामिन यमल र इन्ज्युरी समयमा फरमिन लोपेजले गोल गरेका थिए। ८० औँ मिनेटमा घरेलु टोलीका लिएनार्दो काब्रेरा रेड कार्ड खाँदै बाहिरिँदा टोली १० खेलाडीमा समेटिएको थियो।

स्पानोयलमाथिको जितसँगै अंकतालिकामा ३६ खेलबाट बार्सिलोनाको ८५ अंक छ। समान खेलबाट ७८ अंक बनाएको रियल मड्रिड दोस्रो स्थानमा छ। अब दुई खेल बाँकी रहँदा मड्रिडले अधिकतम ६ अंक प्राप्त गर्न सक्छ तर बार्सिलोना ७ अंकले अघि छ।

ला लिगाको उपाधिसँगै बार्सिलोनाले घरेलु ट्रेबल जितेको छ। उसले स्पेनिस सुपर कप र कोपा डेल रे पनि जितेको छ। यूईएफए च्याम्पियन्स लिगमा भने बार्सलोनाले सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो।