बहराइनलाई ६ विकेटले हराउँदै नेपालको समूह विजेता बन्ने सम्भावना जीवित, इन्दुको सानदार प्रदर्शन

बिजमाण्डू
२०८२ जेठ १ गते १७:४० | May 15, 2025
बहराइनलाई ६ विकेटले हराउँदै नेपालको समूह विजेता बन्ने सम्भावना जीवित, इन्दुको सानदार प्रदर्शन
नेपाली क्रिकेट टोलीकी कप्तान इन्दु वर्मा र रुविना क्षेत्री। तस्बिर: क्यान


काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले बहराइनलाई ६ विकेटले हराएको छ। आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको समूह ‘सी’ को खेलमा नेपालले आज बहराइनलाई हराएको हो।

Tata
GBIME

थाइल्याण्डस्थित टेर्डथाइ स्टेडियममा बहराइनले टस जितेर ब्याटिङ गर्दै १२.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको थियो। खेलका क्रममा वर्षाले बाधा गरेपछि डीएलएस मेथडबाट नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य पायो। बहराइनका लागि रसिका रोड्रिगोले २४ रन बनाउँदा दीपिका रसङ्गिकाले २३रन बनाइन्।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि बिस्फोटक ब्याटिङ गरेकी इन्द् वर्माले ७ बलमा ४ चौका र १ छक्का सहायतामा २४ रन बनाउँदा पूजा महतोले १३ रन बनाइन्।

जितका बावजुत नेपालको समूह विजेता बन्दै सुपर थ्री मा पुग्ने सम्भावना भने कम छ। नेपालले चार खेल खेल्दा दुई खेलमा जित निकाल्दा एक खेल रद्ध भएको थियो। त्यस्तै, एक खेलमा पराजय ब्यहोरेको थियो। नेपालको हाल अंकतालिकामा ५ अंक छ। दोस्रो स्थानको हङकङको ४ अंक छ। अब, अर्को खेलमा बहराइनले हङकङलाई हराएको खण्डमा मात्र नेपालको सुपर थ्री पुग्ने सम्भावना रहन्छ। सुपर थ्रीबाट दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्।