नेपालविरुद्ध टस जितेर बहराइन ब्याटिङ गर्दै, जितको दवाब

बिजमाण्डू
२०८२ जेठ १ गते १२:२७ | May 15, 2025
नेपालविरुद्ध टस जितेर बहराइन ब्याटिङ गर्दै, जितको दवाब
टसका क्रममा नेपाल र बहराइनका कप्तान। तस्बिर: क्यान


काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले बहराइनविरुद्ध पहिला फिल्डिङमा उत्रिएको छ। थाइल्याण्डको बेङ्ककस्थित टेर्डथाइ स्टेडियममा बहराइनकी कप्तान दीपिका रसनगिकाले पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन्।

Tata
GBIME

समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेल रद्धहुँदा हङकङसँग अंक बाडेको थियो भने दोस्रो खेलमा बहराइनलाई हराएको थियो। तेस्रो खेलमा हङकङसँग पराजित भएको थियो। आजको खेलमा नेपाल जित्नै पर्ने दवाबमा छ। हङकङ ४ अंकसहित शीर्षस्थानमा छ भने नेपालको तीन अंक छ। आजको खेलमा जिते पनि शीर्षस्थानमा रहन अर्को खेलमा बहराइनले हङकङलाई हराउनुपर्नेछ।

विश्वकप छनोटमा ९ टोलीलाई तीन समूहमा बाँडिएको छ। नेपाल समूह ‘सी’ मा छ। हरेक समूह शीर्ष तीन टोली सुपर ३ मा पुग्छन्। यीमध्ये दुई टोलीले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्।