सर्वोच्चले गगनसँग माग्यो लिखित जवाफ, अदालतमा विचाराधीन मुद्दामा नबोल्न आदेश

बिजमाण्डू
२०८२ बैशाख १६ गते १७:४३ | Apr 29, 2025
सर्वोच्चले गगनसँग माग्यो लिखित जवाफ, अदालतमा विचाराधीन मुद्दामा नबोल्न आदेश


काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ।

Tata
GBIME
NLIC

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलाासले अदालतको अवहेलना मुद्दामा गगनसँग मंगलबार लिखित जवाफ मागेको हो। उनलाई लिखित जवाफ पेस गर्न ७ दिन दिइएको छ।

सर्वोच्चले अदालतमा विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी अभिव्यक्ति नदिन पनि आदेश दिएको छ।

अधिवक्ताहरु अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति मुद्दामा सर्वोच्चले ‘डिल’ गरिरहेको अभिव्यक्ति गगनले दिएको र यसले सर्वोच्चको सम्मानमा आँच पुगेको भन्दै वैशाख १४ गते रिट दायर गरेका थिए।

लोकतन्त्र दिवसका अवसरमा वैशाख ११ गते काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक कार्यक्रममा गगनले संवैधानिक आयोगका पदाधिकारीहरूलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको आरोप लगाएको रिट निवेदनमा उल्लेख छ।