
काठमाडौं। साताको पहिलो दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। एक सय रुपैयाँ बढेर आइतबार कारोबार मूल्य प्रति तोला १ लाख ८९ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिनका तुलनामा एक हजार रुपैयाँले घट्दा गत शुक्रबार सुन प्रति तोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने आइतबार घटेको छ। १० रुपैयाँ घटेर प्रति तोला १ हजार ९ सय ९० रुपैयाँमा आइपुगेको हो। यसअघि चाँदी प्रति तोला २ हजार रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा गत शुक्रबारका तुलनामा सुनचाँदीको मूल्यमा गिरावट छ। आइतबार सुन प्रति औंस ३३१८.४७ डलर र चाँदी प्रति औंस ३३.११ डलरले कारोबार भइरहेको छ। गत शुक्रबार सुन ३३२३.६१ डलर र चाँदी प्रति औंस ३३.४६ डलर थियो।