BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी तोलामा १० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार?

२०८२ बैशाख १४

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी तोलामा १० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी तोलामा १० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार?


काठमाडौं। साताको पहिलो दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। एक सय रुपैयाँ बढेर आइतबार कारोबार मूल्य प्रति तोला १ लाख ८९ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
NLIC

अघिल्लो दिनका तुलनामा एक हजार रुपैयाँले घट्दा गत शुक्रबार सुन प्रति तोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आइतबार घटेको छ। १० रुपैयाँ घटेर प्रति तोला १ हजार ९ सय ९० रुपैयाँमा आइपुगेको हो। यसअघि चाँदी प्रति तोला २ हजार रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा गत शुक्रबारका तुलनामा सुनचाँदीको मूल्यमा गिरावट छ। आइतबार सुन प्रति औंस ३३१८.४७ डलर र चाँदी प्रति औंस ३३.११ डलरले कारोबार भइरहेको छ। गत शुक्रबार सुन ३३२३.६१ डलर र चाँदी प्रति औंस ३३.४६ डलर थियो।