
काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले यो वर्ष चैसम्म कमाएको नाफा पोहोर सोही अवधिको तुलनामा ३१.९ प्रतिशत धेरै हो। इन्स्योरेन्सले गत वर्ष ९ महिनामा २२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।
बीमा शुल्क १७.८५ प्रतिशतले वृद्धि हुँदा कम्पनीको नाफामा सुधार आएको हो।
सूचक | २०८१/८२ | २०८०/८१ | फरक % |
चुक्ता पुँजी (रु हजारमा) | ५०११९४७ | ५०११९४७ | – |
खुद बीमा शुल्क (रु हजारमा) | ७५१२२८६ | ६३७४४०५ | १७.८५ |
दाबी भुक्तानी (रु हजारमा) | ८३८०६४४ | ६९७४६५२ | २०.१६ |
खुद नाफा (रु हजारमा) | २९५७५० | २२४२३० | ३१.९ |
प्रति सेयर नेटवर्थ (रुपैयाँ) | १२५.४१ | – | – |
प्रति सेयर आम्दानी (रुपैयाँ) | ७.८७ | ६.५८ | १९.६ |