
काठमाडौं। हिमालय अर्गनाइजेसनले नेपाली बजारमा भित्र्याउन लागेको म्याक्सस ब्रान्डको इभी पिकअप ईटेरोन ९ को मूल्य सार्वजनिक गरिएको छ। कम्पनीले पिकअपको अधिकतम खुद्रा मूल्य ९९ लाख ९० हजार रुपैयाँ तोकेको छ।
यसअघि पारामाउन्ट मोटर्सले नेपाली बजारमा भित्र्याइरहेको म्याक्सस ब्रान्डका गाडी हिमालय अर्गनाइजेसनले ल्याउन लागेको हो।
पिकअप गाडीमा १०२.२ किलोवाट आवर क्षमताको ब्याट्री छ। ब्याट्रीले फुल चार्ज गर्दा ४३० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ। ब्याट्री ११५ किलोवाट क्षमताको डीसी फास्ट चार्जरले २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न ४२ मिनेट लाग्छ। यस्तै ११ किलोवाट क्षमताको एसी चार्जरबाट १२ घन्टामा ५ देखि १०० प्रतिशतसम्म चार्ज हुन्छ।
पिकअप फोर बाई फोर क्यापाबिलिटी भएको अल इलेक्ट्रिक अफरोडर गाडी हो। फोर ह्वील ड्राइभ भएकाले अफ रोडमा चलाउन सहज हुन्छ। यसमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताको मोटर छ।
कम्पनीले अर्को गाडी पनि भित्र्याउन लागेको छ। मल्टिपर्पोज भेहिकल मिफाको मूल्य १ करोड २४ लाख ९० हजार रुपैयाँ तोकिएको छ।
गाडी केही दिनमै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी रहेको कम्पनीले जनाएको छ।