वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २४ करोड, ११ बैंकले बढाउँदा ९ वटाको खुम्चियो, कुनको कति?

आकाश बोगटी
२०८२ बैशाख ७ गते ०८:५९ | Apr 20, 2025
वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २४ करोड, ११ बैंकले बढाउँदा ९ वटाको खुम्चियो, कुनको कति?


काठमाडौं। आर्थिक शिथिलताले व्यवसाय बढाउन नसक्दा त्यसको असर वाणिज्य बैंकहरुको ब्यालेन्ससिटमा परेको छ। चालु आर्थिक वर्ष ९ महिनामा वाणिज्य बैंकहरुले पोहोरको सोही अवधिको तुलनामा मुनाफा जम्मा १.४ प्रतिशतले बढाएका छन्। यो वृद्धि कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंकले लिएको लचिलो नीतिका कारण सम्भव भएको हो।

Tata
GBIME
NLIC

राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जालाई पुनर्संरचना र पुनर्तालिकीकरण गरिदिँदा पनि बैंकहरुको नाफा वृद्धिमा बल पुगेको हो। २० वटा बैंकले ९ महिनामा कमाएको मुनाफा ४१ अर्ब २४ करोड रुपैयाँ छ। ११ बैंकले नाफा बढाउँदा ९ वटाको भने खुम्चिएको छ।

नाफाको वृद्धिदरमा नेपाल बैंक अगाडि छ भने धेरै नाफा गर्नेमा नबिल बैंक पहिलो नम्बरमा छ। नेपाल बैंकको नाफा २०३२.८ प्रतिशतले वृद्धि भएको छ। नाफा २ अर्ब ७८ करोड रुपैयाँ नाफामा छ।

यस्तै नबिलले ५ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ। नाफा वृद्धिको दर ८.२ प्रतिशत छ।

बैंकरहरुका अनुसार अपेक्षाअनुसार कर्जाको माग नभए पनि राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको गर्न पाउने सुविधाले गर्दा राहत पुगेको हो। साथै, यसअघि कर्जा नोक्सानी व्यवस्था १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेका कारण नाफा बढेको उनीहरूले बताएका छन्।

राष्ट्रिय वाणिज्य, स्टान्डर्ड चार्टर्ड, हिमालयन, एनआइसी एसिया, कुमारी, सिद्धार्थ, कृषि, सिटिजन्स र प्राइम बैंकको नाफा भने खुम्चिएको छ।

वाणिज्य बैंकहरुको मुनाफा (रु. हजारमा)

वाणिज्य बैंक२०८१ चैतसम्मको नाफा२०८० चैतसम्मको नाफाफरक
नेपाल२,७८३,४९४.००१३०,५०९.००२०३२.८
राष्ट्रिय वाणिज्य१,२०४,३७०.००२,३७४,८२३.००-४९.३
नबिल५,०५१,४००.००४,६६८,०००.००८.२
नेपाल इन्भेष्टमेन्ट मेगा४,५४०,००५.००३,२७५,२७७.००३८.६
स्टान्डर्ड चार्टर्ड२,१७३,७७६.००२,४४७,१२२.००-११.२
हिमालयन५००,०४८.००१,९४८,१८१.००-७४.३
नेपाल एसबिआइ१,२०३,२६१.००१,१६४,१७७.००३.४
एभरेष्ट३,४५७,६३६.००२,६०८,४६४.००३२.६
एनआइसी एसिया१५६७७५.१,९१४,८९१.००-९१.८
माछापुच्छ्रे१,१०२,६२७.००८५५,४४६.००२८.९
कुमारी२८५८२३.१,०५२,७९४.००-७२.९
लक्ष्मी१,६५२,१६३.००१,६१५,९०३.००२.२
सिद्धार्थ१,६६०,०००.००१,६८०,०००.००-१.२
कृषि१८४४३६०.३६२,०५३,१६६.२२-१०.२
ग्लोबल आइएमई४,५३४,०९९.००३,३०६,५५२.००३७.१
सिटिजन्स९६१,८९३.००१,२११,४१६.००-२०.६
प्राइम२,२२९,३०४.००२,८७८,७४६.००-२२.६
एनएमबि२,३७३,२८९.००२,२४१,५९५.००५.९
प्रभु१,८७६,०६०.००१,८१२,४५८.००३.५
सानिमा१,६५२,४७६.००१,४३९,४४२.००१४.८
जम्मा४१,२४२,८५९.३६४०,६७८,९६२.२२१.४
स्रोत : बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरण