
काठमाडौं । अधिकांश विकास बैंकहरुले नाफा बढाएका छन्। चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्तसम्म) आइपुग्दा अधिकांश विकास बैंकहरुले नाफा बढाउन सफल भएका हुन्।
यस अवधिमा ज्योति विकास बैंक, कामना सेवा, महालक्ष्मी विकास र सांग्रिला डेभलपमेन्ट बैंकले नाफा बढाउँदा लुम्बिनी र मुक्त्तिनाथ विकास बैंकको नाफा भने खुम्चिएको छ।
चैत मसान्तसम्म ज्योति विकास बैंकको नाफा सबैभन्दा धेरै १०१.१४ प्रतिशतले वृद्धि भएको छ।
मुक्तिनाथ विकास बैंकले भने सबैभन्दा धेरै ७२ करोड रुपैयाँ नाफा गरेको छ। तर, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको नाफा १६.८६ प्रतिशतले खुम्चिएको छ।
राष्ट्रिय स्तरका विकास बैंकहरु
विकास बैंक | २०८१ चैतसम्मको नाफा (रुपैयाँमा) | २०८० चैतसम्मको नाफा (रुपैयाँमा) | फरक |
ज्योति विकास बैंक | ३०,६६,११,८४१ | १५,२४,३३,४२० | १०१.१४ |
कामना सेवा | ४९,३१,८४,५६९ | ३३,१३,६३,२३० | ४८.८४ |
लुम्बिनि | ४,९७,८३,५६९ | ३४,२१,६८,०९७ | -८५.४५ |
महालक्ष्मी | ४३,६५,५९,४४२ | ३७,३५,५१,५२९ | १६.८७ |
मुक्तिनाथ | ७२,४८,५२,००० | ८७,१८,२५,००० | -१६.८६ |
सांग्रिला | ४३,४२,१८,३३४ | २६,९३,८९,८०७ | ६१.१९ |