आईपीएल: तालिकाको पुछारको चेन्नइमाथि मुम्बईको प्रभावशाली जित, बल्ल चल्यो रोहितको ब्याट

बिजमाण्डू
२०८२ बैशाख ८ गते ०६:२८ | Apr 21, 2025
आईपीएल: तालिकाको पुछारको चेन्नइमाथि मुम्बईको प्रभावशाली जित, बल्ल चल्यो रोहितको ब्याट
चेन्नइका महेन्द्रसिंह धोनी र मुम्बईका रोहित शर्मा। तस्बिर: आईपीएल


मुम्बई इण्डियन्सले चेन्नइ सुपर किंग्समाथि प्रभावशाली जित निकालेको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बईले तालिकाको पुछारमा भएको चेन्नइलाई ९ विकेटले हराएको हो।

Tata
GBIME

मुम्बईस्थित वानखेडे स्टेडियममा चेन्नइ टस हारेर ब्याटिङमा उत्रिएको थियो। उसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७५ रन बनायो। चेन्नइका लागि रवीन्द्र जडेजाले सर्वाधिक अविजित ५३ रन बनाउँदा शिवम दुबेले ५०, आयुष एमहारतीले ३२ तथा शैक राशिदले १९ रन बनाए।

बलिङतर्फ मुम्बईका जसप्रीत बुमराहले सर्वाधिक २ विकेट लिँदा दीपक चहर, मिचेल स्यान्टनर र अश्विनी कुमारले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बई १५.४ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो। मुम्बईका लागि रोहित शर्माले सर्वाधिक अविजित ७६ रन बनाउँदा सूर्यकुमार यादव ६८ रनमा अविजित रहे। जारी संस्करणमा रोहितको यो पहिलो अर्धशतक हो। खराब लयलाई लिएर आलोचना ब्यहोरिरहेका रोहितले चेन्नइविरुद्ध लय फर्काउन सफल भएको हुन्। त्यसअघि ओपनिर रायन रिकेल्टनले २४ रन बनाउँदै रवीन्द्र जडेजाको बलमा आउट भएका थिए।

जितसँगै ८ खेलबाट ८ अंक बनाएको मुम्बई तालिकाको छैटौं स्थानमा छ। शीर्षमा रहेको गुजरातदेखि पाँचौँ स्थानको लखनउसम्म सबै टोलीको समान १० अंक छ। चेन्नइ भने ४ अंकसहित तालिकाको पुछारमा छ। आज साँझ कोलकाता नाइटराइडर्स र गुजरात टाइटन्स भिड्दैछन्।