भायनेटले गर्‍यो २ अर्ब ३० करोडको कारोबार, चर्को प्रतिस्पर्धाले घट्यो प्रति ग्राहक औ‍सत आम्दानी

बिजमाण्डू
२०८२ बैशाख ७ गते १५:३४ | Apr 20, 2025
भायनेटले गर्‍यो २ अर्ब ३० करोडको कारोबार, चर्को प्रतिस्पर्धाले घट्यो प्रति ग्राहक औ‍सत आम्दानी


काठमाडौं। इन्टरनेट सेवा प्रदायक भायनेटको कारोबार बढेको छ। कम्पनीले सन् २०२४ मा २ अर्ब ३० करोड रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२३ मा कम्पनीले २ अर्ब १७ करोड रुपैयाँको व्यापार गरेको थियो।

Tata
GBIME
NLIC

यस्तै, कम्पनीले सन् २०२२ मा २ अर्ब २३ करोड, २०२१ मा २ अर्ब र २०२० मा १ अर्ब ६८ करोड रुपैयाँको कारोबार गरेको थियो।

कारोबार बढेपनि इन्टरनेट बजारमा बढ्दो प्रतिस्पर्धाका कारण भायनेटको प्रति ग्राहक औ‍सत आम्दानी भने घट्दै गएको छ। सन् २०२४ मा १० प्रतिशतले घटेको प्रति ग्राहक औ‍सत आम्दानी सन् २०२५ को सुरुआतमा ३ प्रतिशतले घट्ने अनुमान गरिएको छ।

भायनेटले २८ जिल्लामा आफ्नो सेवा विस्तार गरिरहेको छ। ती जिल्लाहरुमा ६८ शाखामार्फत भायनेटले इन्टरनेट सेवा प्रदान गरिरहेको छ। कम्पनीमा प्रबन्ध निर्देशक विनय बोहोराको ८५ प्रतिशत सेयर स्वामित्व छ।

कम्पनीले ३ अर्ब रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पुन: पुष्टि गराएको छ।