राजेन्द्र लिङ्देनसहित राप्रपाका तीन नेता पक्राउ, सिंहदरबारभित्रै देखाएका थिए प्लेकार्ड

बिजमाण्डू
२०८२ बैशाख ७ गते १४:३१ | Apr 20, 2025
राजेन्द्र लिङ्देनसहित राप्रपाका तीन नेता पक्राउ, सिंहदरबारभित्रै देखाएका थिए प्लेकार्ड
राप्रपाका नेताहरु सिंहदरबारमा। फाइल तस्वीर


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु पक्राउ परेका छन्।

Tata
GBIME
NLIC

लिङ्देनका साथै राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई प्रहरीले सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ गरेको हो।

उनीहरुले तीनकुने घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गरिनुपर्ने लगायत माग गर्दै सिंहदरबारभित्रै प्लेकार्डसहित प्रदर्शन गरेका थिए। राप्रपाले अहिले ‘सरकारी निरंकुशता’विरुद्ध बिजुली बजारमा प्रदर्शन गरिरहेको छ।