निफ्राको नाफामा ८.८४ प्रतिशतले आयो गिरावट, ९ महिनामा कमायो ९० करोड

बिजमाण्डू
२०८२ बैशाख ७ गते १२:०१ | Apr 20, 2025
निफ्राको नाफामा ८.८४ प्रतिशतले आयो गिरावट, ९ महिनामा कमायो ९० करोड


काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफामा गिरावट आएको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा ९० करोड रुपैयाँ आर्जन गरेको छ।

Tata
GBIME
NLIC

बैंकले यस वर्ष चैतसम्म कमाएको मुनाफा गत वर्ष सोही अवधिको तुलनामा ८.८४ प्रतिशतले कम हो। निफ्राले गत वर्ष चैतसम्म ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी २४.१२ प्रतिशतले घटेको छ। आम्दानी घटेर लागत बढेका कारण बैंकको नाफामा गिरावट आएको हो।

सूचक२०८१/८२२०८०/८१फरक (प्रतिशत)
चुक्ता पुँजी (हजार)२१६०००००२१६०००००
खुद नाफा (हजार)९०००७४९८७३७३-८.८४
खुद ब्याज आम्दानी (हजार)१४८१८८२१९५२८७७-२४.१२
प्रति सेयर आम्दानी (रुपैयाँ)५.५६६.०९-०.५३
प्रति सेयर नेटवर्थ (रुपैयाँ)११७.८१
पुँजीकोष अनुपात (प्रतिशत)७७.७१९३.६१-१५.९
निष्कृय कर्जा (प्रतिशत)०.२१०.३-०.०९