
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएको बताएका छन्।
उनले शुक्रबार चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठूला दल मिलेर बनेको सरकार आफ्नो लक्ष्य र गन्तव्यमा स्पष्ट रहेको बताए।
उनले सरकार परिवर्तन नहुने भन्दै ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन कर्मचारीलाई आग्रह गरे।
‘हामी देशलाई सुशासनयुक्त बनाउन लागेका छौं। तपाईंहरु पनि ढुक्कका साथ यस अभियानमा लाग्नुुस्। सबै मिलेर देश बनाऔं,’ उनले भने, ‘सरकार ढल्ने हल्लाको पछि नलागौं।’
गाउँपालिकाको भवन उद्घाटनका लागि ओलीसँगै सहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा लगायत पुगेका थिए।

गाउँपालिकाले ४ करोड २ लाख रुपैयाँ खर्चेर प्रशासकीय भवन बनाएको हो।