एउटै खेलमा जित ननिकाल्दै झापाको टुंगियो एनएसएल यात्रा, ललितपुरसँग बराबरी

बिजमाण्डू
२०८२ बैशाख ३ गते २०:२९ | Apr 16, 2025
एउटै खेलमा जित ननिकाल्दै झापाको टुंगियो एनएसएल यात्रा, ललितपुरसँग बराबरी
प्रतिस्पर्धामा ललितपुर र झापाका खेलाडी। तस्बिर: एनएसएल


झापा एफसी एउटै खेलमा जित ननिकाली नेपाल सुपर लिग (एनएसएल)बाट बाहिरिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा ललितपुर सिटी र झापा एफसीले १-१ बराबरी खेले।

Tata
GBIME

ललितपुर सिटी यसअघि नै क्वालिफायरमा पुगिसकेको थियो भने झापा लिग चरणबाटै बाहिरिसकेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ५४ औँ मिनेटमा नवीन लामाले हेडरमार्फत सुन्दर गोल गर्दै अग्रता बनाए। यता झापाका कप्तान लाकेन लिम्बूले ६५ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा टुंगाए। ललितपुरले ६ खेलबाट १२ अंक बनाउँदै शीर्षस्थानमा छ। अर्कोतर्फ झापा ६ खेल सक्दा ४ बराबरी र १ हारको नजितासहित ४ अंक बनाएर प्रतियोगिताबाट बाहिरिएको छ। झापाले यस संस्करणमा कुनै खेलमा जित निकाल्न सकेन।