
काठमाडौं । युनिटेक हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ। हाइड्रोपावरले बैशाख २० गते दोस्रो वार्षिक साधारण मिति तय गरेको छ।
साधारण सभाबाट आइपीओ निष्कासन प्रस्ताव स्वीकृत गराउने तयारी छ। साधारण सभामा ७ वटा प्रस्ताव पेस गर्ने कम्पनीले जनाएको छ।
साधारण सभामा कम्पनीको गत वर्षको नाफा नोक्सान,लेखा परीक्षण प्रतिवेदन, लेखा परीक्षकको नियुक्ति, कम्पनीको वित्तीय एवंम् कार्ययोजना, आइपीओ निष्कासन र कम्पनीको प्रबन्धपत्र नियमावली संशोधनका विषयमा छलफल हुने प्रस्ताव छ।