BIZMANDU
www.bizmandu.com

युनिटेक हाइड्रोपावरले आइपी‌ओ निष्कासन गर्दै, साधारण सभा बैशाख २० गते

२०८१ चैत्र ३१

युनिटेक हाइड्रोपावरले आइपी‌ओ निष्कासन गर्दै, साधारण सभा बैशाख २० गते
युनिटेक हाइड्रोपावरले आइपी‌ओ निष्कासन गर्दै, साधारण सभा बैशाख २० गते

काठमाडौं । युनिटेक हाइड्रोपावरले आइपी‌ओ निष्कासन गर्ने भएको छ। हाइड्रोपावरले बैशाख २० गते दोस्रो वार्षिक साधारण मिति तय गरेको छ।

Tata
GBIME
Nepal Life

साधारण सभाबाट आइपीओ निष्कासन प्रस्ताव स्वीकृत गराउने तयारी छ। साधारण सभामा ७ वटा प्रस्ताव पेस गर्ने कम्पनीले जनाएको छ।

साधारण सभामा कम्पनीको गत वर्षको नाफा नोक्सान,लेखा परीक्षण प्रतिवेदन, लेखा परीक्षकको नियुक्ति, कम्पनीको वित्तीय एवंम् कार्ययोजना, आइपीओ निष्कासन र कम्पनीको प्रबन्धपत्र नियमावली संशोधनका विषयमा छलफल हुने प्रस्ताव छ।