
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ छ। कम्पनीले लाभांशका लागि करसहित ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ छुट्याएको छ ।
इन्स्योरेन्सको लाभांश नियामक निकायबाट स्वीकृति भएर साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
कम्पनीले २०७९/८० मा ५ प्रतिशत नगद लाभांश र २०७८/७९ मा १२.४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।