BIZMANDU
www.bizmandu.com

सलिको इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई ३९ करोड ३३ लाख रुपैयाँ बाँड्ने

२०८१ चैत्र २९

सलिको इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई ३९ करोड ३३ लाख रुपैयाँ बाँड्ने
सलिको इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई ३९ करोड ३३ लाख रुपैयाँ बाँड्ने

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ६२ करोड २६ लाख ३८ हजा‍र रुपैयाँ छ। कम्पनीले लाभांशका लागि करसहित ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ छुट्याएको छ ।

इन्स्योरेन्सको लाभांश नियामक निकायबाट स्वीकृति भएर साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

कम्पनीले २०७९/८० मा ५ प्रतिशत नगद लाभांश र २०७८/७९ मा १२.४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।