ओलीले हर्क साम्पाङलाई भने : धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो

बिजमाण्डू
२०८१ चैत्र २५ गते १८:०३ | Apr 7, 2025
ओलीले हर्क साम्पाङलाई भने : धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्।

Tata
GBIME
NLIC

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन्।

‘धरानवासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो। यसका लागि संघीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ। यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला,’ ओलीले भने।

खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन संघीय सरकारबाट यसअघि तयार भइसकेको छ।

नगर प्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएका थिए।

त्यसक्रममा प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डसाइट’ बनाउनुपर्नेमा जोड दिएका थिए।

हर्क साम्पाङ पानी माग्दै यसअघि पनि सिंहदरबार आएका थिए। पछिल्लोपटक प्रधानमन्त्रीसँग भेट नभएको भन्दै उनले असन्तुष्टि पोखेका थिए।