१८ मिनेट ढिला गरी सुरु भएको खेलमा पोखरालाई हराउँदै चितवनको विजयी सुरुवात

बिजमाण्डू
२०८१ चैत्र १८ गते २१:१६ | Mar 31, 2025
१८ मिनेट ढिला गरी सुरु भएको खेलमा पोखरालाई हराउँदै चितवनको विजयी सुरुवात
प्रतिस्पर्धामा एफसी चितवन र पोखरा थण्डर्सका खेलाडी। तस्बिर; एनएसएल


काठमाडौं। एफसी चितवनले जारी नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ। आज सम्पन्न आफ्नो पहिलो खेलमा पोखरा थण्डर्सलाई २-० गोलअन्तरले हराउँदै लिगमा सुखद् सुरुवात गरेको हो।

Tata
GBIME

आजको खेल भने निर्धारित समयमा सुरु हुन सकेन। साँझ ६ बजे सुरु हुनुपर्ने खेल ६ बजेर १८ मिनेटमा मात्र सुरु भएको थियो। खेलाडीको श्रम स्वीकृतिका कारण खेलमा ढिलाइ भएको बुझिएको छ।  

पहिलो हाफमा प्रभाव जमाएको चितवनले खेलको १५ औँ मिनेटमा अग्रता बनायो। चितवनका नोदिर माभलोनोभले  पेनाल्टी क्षेत्रबाहिर पाएको क्रसलाई गोलमा परिणत गरे। पहिलो हाफमा चितवन पोखरामाथि हाबी भएको थियो। दोस्रो हाफमा भने पोखराले पनि आक्रमण बढायो। तर, इन्ज्युरी समयमा काउन्टर अट्याकमा चितवनका निरज चौधरीले गोल गर्दै चितवनको अग्रता दोब्बर बनाए।

पोखराले गोल फर्काउन नसक्दा चितवन २-० गोलले विजयी बन्यो। विजयी टोली चितवनको कप्तानी आर्मब्याण्ड तीन खेलाडीले लगाए। पहिलो अञ्जन विष्ट, उनी बाहिरिएपछि टोरिक जेब्रिइन र उनी पछि रोशन रानामगरले आर्मब्याण्ड लगाए।