एनएसएलको उद्घाटनमा भ्याली डर्बी : टिकट शुल्क ४०० देखि ८०० रुपैयाँसम्म

बिजमाण्डू
२०८१ चैत्र १६ गते १४:०२ | Mar 29, 2025
एनएसएलको उद्घाटनमा भ्याली डर्बी : टिकट शुल्क ४०० देखि ८०० रुपैयाँसम्म


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ। तेस्रो संस्करणको यो लिगको उद्घाटन खेलमा भ्याली डर्बी अर्थात काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्नेछन्।

Tata
GBIME

यी दुवै टोली एनएसएलको च्याम्पियन रहिसकेका टोली हुन्। काठमाडौं पहिलो संस्करणको र ललितपुर दोस्रो संस्करणको च्याम्पियन बनेको थियो।

ललितपुर र काठमाडौं हालसम्म चारपटक आमनेसामने भएका छन्। जसमा काठमाडौं हाबी छ।

काठमाडौंले ३ पटक जित निकाल्दा ललितपुरले १ पटकमात्र जित निकालेको छ। काठमाडौंको मार्की खलाडीमा रोहन कार्की र ललितपुरको मार्की खेलाडीमा अनन्त तामाङ छन्।

खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्नेछ। रंगशालामा प्रत्यक्ष खेल हेर्न टिकट खल्ती एप र आइएमई-पेबाट लिन सकिनेछ। टिकट शुल्क साधारणतर्फ ४ सय र भीआईपीतर्फ ८ सय तोकिएको छ।

खेल साँझ ६ बजे सुरु हुनेछ। तर त्यसअघि विभिन्न कलाकारहरूले प्रस्तुति दिने आयोजकले जनाएको छ। आज दुर्गेश थापाले आफ्नो प्रस्तुति लिएर आउनेछन्।

अघिल्लो संस्करणमा ९ टोलीले प्रतिस्पर्धा गरेकोमा यो सिजन ७ टोली उपाधिका लागि भिड्नेछन्। ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी, पोखरा थण्डर्स, धनगढी एफसी र झापा एफसी यो सिजन प्रतिस्पर्धामा रहनेछन्।