एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा, उज्बेकिस्तानमा हुनेछ प्रतिस्पर्धा

बिजमाण्डू
२०८१ चैत्र १४ गते १५:२९ | Mar 27, 2025
एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा, उज्बेकिस्तानमा हुनेछ प्रतिस्पर्धा


काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ। मलेसियाको क्वललाम्पुरमा आज सम्पन्न ‘ड्र’मा नेपाली महिला टोली समूह एफमा परेको हो।

Tata
GBIME

यो समूहमा नेपालसहित उज्बेकिस्तान, श्रीलंका र लाओस छन्। यो समूहमा उज्बेकिस्तान सबैभन्दा माथिल्लो वरीयताको टोली हो। समूहको होस्ट समेत रहेको उज्बेकिस्तान वरीयताको ५० औँ स्थानमा रहँदा नेपाल ९९, श्रीलंका १५८ र लाओस १०७ औँ स्थानमा छन्।

एसिया कपको छनोटको होडमा ३४ राष्ट्रहरु छन्। जसलाई चार टिमको ६ वटा र पाँच टिमको दुईवटा गरि ८ वटा समूहमा बाँडिएको छ।

क्वालिफायरका खेलहरु जुन २३ देखि जुलाई ५ सम्म हुनेछ। हरेको टोलीका समुह विजेता एसिया कपमा पुग्नेछन्। आयोजक अस्ट्रेलियासहित चीन, जापान र दक्षिण कोरियाले एसिया कप खेल्ने पक्का भइसकेको छ।

ग्राफिक्स: एएफसी