पोखरामा नियमित उडान गर्ने तयारीमा चीनको सिचुवान एयर, सातामा एउटा

बिजमाण्डू
२०८१ चैत्र १३ गते २०:११ | Mar 26, 2025
पोखरामा नियमित उडान गर्ने तयारीमा चीनको सिचुवान एयर, सातामा एउटा

काठमाडौं। पोखरामा चीनको सिचुवान एयरले नियमित उडानको तयारी गरेको छ। कम्पनीले छेङ्दु-पोखरा-छेङ्दु नियमित उडानको तयारी गरेको हो।

Tata
GBIME

कम्पनीले सातामा एउटा उडान गर्ने गरी तयारी सुरु गरेको नेपालका लागि सिचुवान एयरको जीएसए सोसाइटी इन्टरनेसनलले जनाएको छ।

दुई गन्तव्यको उडानमार्फत अष्ट्रेलियातर्फको कनेक्टिङ फ्लाइट पनि जोड्ने गृहकार्य गरिरहेको गर्दै आएको कम्पनीका एक कर्मचारीले जानकारी दिए। ‘हामीले छेङ्दु-पोखरा आउजाउ गर्ने यात्रुसँगै अष्ट्रेलियातर्फ आउजाउ गर्ने यात्रुलाई पनि समेट्ने तयारी गरिरहेका छौं,’ उनले भने।

दुई वर्ष अगाडि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवानले आवश्यकता अनुसार चार्टर्ड उडान गर्दै आएको छ।