BIZMANDU
www.bizmandu.com

पोखरामा नियमित उडान गर्ने तयारीमा चीनको सिचुवान एयर, सातामा एउटा

२०८१ चैत्र १३

पोखरामा नियमित उडान गर्ने तयारीमा चीनको सिचुवान एयर, सातामा एउटा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका पत्रकार र व्यावसायी टोली लिएर काठमाडौँतर्फ उडेको चीनको सिचुवान एयरलाइन्सको जहाज । अङ्ग्रेजी नयाँ वर्ष २०२५ का अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा भोलि शुक्रबारदेखि सुरु हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन चार्टर उडानबाट चिनियाँ टोली आज पोखरा आइपुगेका हुन् । तस्बिरः राधिका कँडेल/रासस

काठमाडौं। पोखरामा चीनको सिचुवान एयरले नियमित उडानको तयारी गरेको छ। कम्पनीले छेङ्दु-पोखरा-छेङ्दु नियमित उडानको तयारी गरेको हो।

Tata
GBIME

कम्पनीले सातामा एउटा उडान गर्ने गरी तयारी सुरु गरेको नेपालका लागि सिचुवान एयरको जीएसए सोसाइटी इन्टरनेसनलले जनाएको छ।

दुई गन्तव्यको उडानमार्फत अष्ट्रेलियातर्फको कनेक्टिङ फ्लाइट पनि जोड्ने गृहकार्य गरिरहेको गर्दै आएको कम्पनीका एक कर्मचारीले जानकारी दिए। ‘हामीले छेङ्दु-पोखरा आउजाउ गर्ने यात्रुसँगै अष्ट्रेलियातर्फ आउजाउ गर्ने यात्रुलाई पनि समेट्ने तयारी गरिरहेका छौं,’ उनले भने।

दुई वर्ष अगाडि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवानले आवश्यकता अनुसार चार्टर्ड उडान गर्दै आएको छ।