
काठमाडौं। ५० वर्षअघिको काठमाडौं कस्तो थियो होला ! देखेभोगेकाले सुनाउँदा किंवदन्ती जस्तै लाग्छ। त्यो बेलाको कोर काठमाडौं अर्थात् असन इन्द्रचोकका गल्ली गल्ली कुदेर हुर्किएका वीरेन्द्र पाण्डेका लागि भने यो ठाउँ सम्झिँदा विस्मृतिहरु फर्कि फर्कि आउँछ। गाडीमा सरर गुड्दा देखिएको यो उही जमलको बाटो हो र ! जस्तो पनि लाग्छ, जहाँ बचपनमा उनले बुवाको हात समाउँदै हिडेका थिए।
नेपाल आदर्श निर्माण कम्पनीका एमडी तथा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र पाण्डेको जीवनमा पनि यो सहरमा जस्तै धेरै कुरा बदलिइसकेको छ। नबदलिएको केही छ भने उनका बुवा हरिप्रसाद पाण्डेले खडा गरेको विरासतको जिम्मेवारी।
कम्पनीका अध्यक्ष हरिप्रसाद अहिले डिमेन्सियाको अर्लि-स्टेजमा छन्। धेरै कुराहरु बिर्सिन थालेका छन् तर हरेक चोटि छोरा वीरेन्द्र छेउपर्दा कामकै चासो राखिरहन्छन्। ८४ वर्षका बुवाले राखेको चासोअनुसार नै उनले सुनाउँछन्। भइरहेका प्रोजेक्टबारे पनि बताइदिन्छन्, भलै बुवाको स्मरणमा ती रहोस् नरहोस्।
‘अहिले भनेका कुरा अहिल्यै बिर्सिने बुवा! कामका कुराहरु भने बारम्बार सोधिरहनुहुन्छ।’- वीरेन्द्रलाई लाग्छ बुवाले जीवनभर अनवरत जे गर्नुभयो त्यसको छाप त सधैंभरि मष्तिष्कमा रहिरहन्छ होला। त्यसैले उनी पनि सुनाइरहन्छन्। किनभने ५५ वर्षअघि औपचारिक सुरु भएको आदर्श निर्माण कम्पनी त्यो भन्दा धेरै अघि बुवाले आफ्नै नाम र कामले स्थापित बनाइसकेका थिए। यो कम्पनीको जग उनैले हालेका थिए।
केही अघि र्याडिसन होटलको विस्तारित भवन बनाइसकेपछि कम्पनीले शंखपार्कमा प्रेस्टिज अपार्टमेन्ट तयार पार्यो। यतिबेला कम्पनीले धेरैजसो कर्पोरेट प्रोजेक्टहरु अघि बढाइरहेको छ। विभिन्न बैंक तथा इन्स्योरेन्स कम्पनीका भवनहरु बनिरहेका छन्। वीरेन्द्रका अनुसार सडक, भवन, पुलजस्ता पूर्वाधार निर्माणका कामलाई नै कम्पनीले निरन्तरता दिँदै आएको छ। कम्पनीमा टेक्निकल डाइरेक्टरका रुपमा भाई ज्ञानेन्द्रराज पाण्डे छन्, जसले काममा वीरेन्द्रलाई सघाइरहेका छन्।
बुवा हरिप्रसादले ८० वर्षसम्म कम्पनीमा फुल टाइम काम गरे। कोभिड महामारीपछि भने उनको सक्रियता घट्यो। दिनको १७/१८ घण्टा काममा तल्लीन हुने बुवाबाटै वीरेन्द्रले पनि कामप्रतिको इमान्दारिता र लगन सिके।

+++
वीरेन्द्र होस सम्हालेदेखि नै नेपाल आदर्श निर्माण कम्पनीसँग जोडिए। इन्द्रचोकको डेरामा जन्मिएका वीरेन्द्र थाहा पाउने उमेर हुँदा जमलको घरमा सरिसकेका थिए। घरको माथिल्लो तल्ला उनीहरुको बसोबास थियो, तल्लो तलामा बुवाकै आदर्श निर्माण कम्पनीको अफिस। उनी तल झर्थे, बुवाको छेउमा बसेर हेरिरहन्थे- ‘कसरी अफिस चल्छ।’
उनी जेठा छोरा।
वीरेन्द्र बुझ्ने हुँदा एक किसिमको लाइफस्टाइल बुवाले मेन्टेन गर्न सक्ने हैसियत भइसकेको थियो। तल्लो तलाको अफिसमा गइरहने वीरेन्द्रले ७, ८ कक्षामा पढ्दै गर्दा बुककिपिङको काम थालिसकेका थिए। बुवाले उनैलाई कम्युनिकेसन लेटर लेख्न लगाउन थाले। कागज कलमले मात्र होइन अफिसमा पोछा लगाएर पनि उनले बुवालाई सघाए। सानैदेखिको यही कनेक्सनले उनमा बुवाको अफिस र कामप्रति प्यासन जन्मियो।
‘म पढाइ सकेर बिजनेसमा आएको होइन, म त जानेदेखि नै बुवा सँगसँगै भएर पत्तै नपाइ यो जर्नीमा छु।’-सिभिल इन्जिनियर वीरेन्द्रले कम्पनी हाँक्नका लागि धेरै अवसरहरुलाई छाडेर देश फर्किएको पनि सुनाए।
वीरेन्द्रले इन्जिनियरिङको पढाइ सकेपछि अष्ट्रेलियामा ठूलो निर्माण कम्पनीमा इन्जिनियर र प्रोजेक्ट म्यानेजरका रुपमा बन्दरगाह बनाउने परियोजना लिड गरे। अत्याधुनिक प्रविधि, नयाँ अनुभव र सिकाइका भरपुर अवसरहरुले उनलाई ज्ञान र दक्षता बढाउन निकै सघायो। विदेशमै जम्न सक्ने योग्यताको करियर भएर पनि उनी आफ्नो लक्ष्यमा प्रष्ट थिए। उनलाई देश नै फर्किनु थियो।
बुवाकै हात समाएर काम थालेका वीरेन्द्र काँधमा काँध मिलाउन आइपुगे।
‘त्यहीँ बसिरहेको भए त मेरो जीवनकै ट्रयाक नै फरक हुन्थ्यो! बुवालाई साथ दिनु थियो, परिवारमै फर्कुनपर्छ भन्ने थियो। ५ वर्षपछि म फर्किएँ।’- उनले भने।

हरिप्रसादले ५५ वर्षअघि औपचारिक रुपमा दर्ता गरेको उही आदर्श निर्माण कम्पनी वीरेन्द्रले थाहा पाउँदा स्थापित भइसकेको थियो। बुवाले जमाएको कम्पनीलाई अघि बढाउन उनी फिल्डमा उत्रिएका हुन्।
बुवा हरिप्रसादले ८० वर्षसम्म कम्पनीमा फुल टाइम काम गरे। कोभिड महामारीपछि भने उनको सक्रियता घट्यो। दिनको १७/१८ घण्टा काममा तल्लीन हुने बुवाबाटै वीरेन्द्रले पनि कामप्रतिको इमान्दारिता र लगन सिके।
हाल उनको कम्पनीले कमर्सियल बिल्डिङ, सडक, इरिगेसन, ड्रेनेज, स्ट्रक्चरल रेट्रो फिटिङ लगायत इन्जिनियरिङ एरियाका सबै काम गर्छ। मुख्यगरी निर्माणमै लक्षित कम्पनीले एएसई कंक्रिट ब्लकको समेत उत्पादन गर्दै आएको छ। इँटाको विकल्पमा आएको यो ब्लकले भवनको लोड कम गर्न मद्दत पुग्ने वीरेन्द्रले जानकारी दिए। हलुका र वातावरणमैत्री हुने भएकाले भवन निर्माणमा यस्ता कंक्रिट ब्लकको प्रयोग बढ्दै गएको छ।
+++
हरिप्रसाद ९ वर्षकै छँदा उनका बुवा बिते। काभ्रेपलान्चोकको खेतीकिसानी पृष्ठभूमि। सानैमा बाबु गुमाएका हरिप्रसादका लागि कलिलैमा जीवन संघर्षको दोस्रो नाम बन्यो। पढ्न त उनले मध्यमासम्म पढेका थिए। खेतीकिसानीमा उनको मन रमाइरहेको थिएन। १८ वर्षको उमेरमा एकदिन हरिप्रसादले सम्भावनाको नयाँ आकाशमा उडान भर्ने निश्चय गरे। त्यो साल उनले रोपेको कोदो फलिसकेको थियो। त्यही कोदो बेचेर उनले बाटोखर्च जुटाए, अनि हान्निए उनको सपनाको सहर काठमाडौं।
सहरमा जम्नु हरिप्रसादका लागि सहज थिएन। काम खोज्दै जाँदा उनी निर्माण साइटमा पुगेछन् जहाँबाट उनको उद्यम यात्रा सुरु भयो। । साइटमै काम सिकेपछि उनी सुपरभाइजरमा उक्लिए। विस्तारै केही साथीभाईको समूह बनाएर उनले ठेकेदारका रुपमा आफैं काम लिन थाले।
हरिप्रसाद जान्ने हुँदै थिए। चिनजान बाक्लिँदै थियो। भलै व्यापारमा आरोह अवरोह आइरहेको थियो। नेसनल कन्स्ट्रक्सन कम्पनी (एनसीसीएन) भन्ने निर्माण कम्पनी इजरायली सहयोगमा चल्थ्यो त्यो बेला। त्यही कम्पनीको सब कन्ट्रयाक्टरका रुपमा हरिप्रसादले धेरै काम गरे।
एनसीसीएन टिमलाई ५/७ जनाको इजरायली विज्ञ टोलीले लिड गरेको थियो। विदेशी व्यवस्थापन अनि प्रणालीमा भिजेपछि हरिप्रसादले काममा प्रोफेसनालिज्म आत्मसात् गरे। विस्तारै सडक, ड्रेनेजका कामहरुमा कम्पनी अपरिहार्य नाम बन्यो।
हरिप्रसादले ५५ वर्षअघि औपचारिक रुपमा दर्ता गरेको उही आदर्श निर्माण कम्पनी वीरेन्द्रले थाहा पाउँदा स्थापित भइसकेको थियो। बुवाले जमाएको कम्पनीलाई अघि बढाउन फिल्डमा उत्रिएका हुन् वीरेन्द्र पाण्डे।

अध्यात्म र वैदिक रुटिनका कारण वीरेन्द्रको जीवन दृष्टिमा पनि उम्दापन झल्किन्छ। उनी ‘कर्म गर’ भन्ने गीता सारलाई मनन गरेर चल्छन्। ५४ वर्षका उनी अर्ती दिएर होइन आफ्नो कामबाट अरुलाई प्रोत्साहन गर्नुमा विश्वास गर्छन्।
बुवा जसरी हुन्छ सन्तानलाई राम्रो शिक्षा दिनुपर्छ भन्थे। वीरेन्द्रले पढाइ थालेको स्कुल आनन्दकुटी विद्यापीठमा बुद्धम शरणम् गच्छामी प्रार्थना गरेर कक्षा सुरु हुन्थ्यो। भन्तेहरुको सानिध्यमा ७ कक्षासम्म आनन्दकुटीमा पढेपछि २०४२ सालमा उनले सिद्धार्थ वनस्थलीबाट एसएलसी सकेका हुन्। अमृत साइन्स कलेजबाट आइएस्सी, अनि कोलम्बो प्लानअन्तर्गत इन्जिनियरिङ पढेका वीरेन्द्र विद्यार्थीकालमा ‘ब्राइट स्टुडेन्ट’ थिए।
इन्जिनियरिङ सकेपछि काममा फर्किएका वीरेन्द्रले शंकरदेव क्याम्पसबाट एमबीए र बैंककको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट मास्टर्स इन कन्स्ट्रक्सन इन्जिनियरिङ एण्ड र प्रोजेक्ट म्यानेजमेन्ट पूरा गरेका छन्।
एकोहोरो काम र पढाइमा भिजेपछि वीरेन्द्रको पूरै समय आफ्नै कम्पनीका लागि बित्यो। सानैमा छाप परेको बुद्ध दर्शनले उनमा गहिरो प्रभाव राखिरह्यो। उमेर बढ्दै जाँदा अध्यात्मतर्फ आस्था र दर्शनहरुप्रति अझ बढी झुकाव बढिरहेको उनलाई महसुस भएको छ। माहात्मा गान्धीको जीवनबाट प्रभावित वीरेन्द्र आफू पनि सादगीपूर्ण समय बाँचिरहेका छन्।
उनी भन्छन्- ‘सानैदेखि बुवासँगै काम हेर्नै सिक्दै गएँ। एक्सपर्टिज त्यसैगरी आयो। एकै क्षेत्रमा लामो अनुभव र प्यासन भयो भने त्यसबाट भिजन लिएर अघि बढ्न सकिने क्षमता बढ्ने रहेछ। कम्पनीको नेतृत्वसँगै म निर्माण व्यवसायी महासंघ सीएनआई लगायत विभिन्न संस्थाहरुसँग जोडिए। इन्जिनियरिङ कलेजहरुको आबद्धताले सैद्धान्तिक र व्यवहारिक ज्ञान र अनुभव दुवैले परिपक्व बनाउँदै लग्यो।’
अध्यात्म र वैदिक रुटिनका कारण वीरेन्द्रको जीवन दृष्टिमा पनि उम्दापन झल्किन्छ। उनी ‘कर्म गर’ भन्ने गीता सारलाई मनन गरेर चल्छन्। ५४ वर्षका उनी अर्ती दिएर होइन आफ्नो कामबाट अरुलाई प्रोत्साहन गर्नुमा विश्वास गर्छन्।
चीन, अमेरिका, अष्ट्रेलिया, जापानजस्ता विकसित देशमा जब अर्थतन्त्रमा समस्या देखिन्छ उनीहरुले विशेष घोषणाहरु गरेर ठूलो धनराशि पूर्वाधारमा खर्च गर्छन्। जसले मल्टिप्लायर इफेक्ट ल्याउँछ र अर्थतन्त्रलाई मन्दीमा जानबाट रोक्छ। तर, नेपालमा त्यसो हुन सकिरहेको छैन।

‘खासमा ट्रेनको प्यासेन्जर जस्तै हो मान्छेको जीवन। यात्राको क्रममा को को आउँछन्, के के आइपर्छन्, कति भेट हुन्छन्, को कता छुट्छन्। सकारात्मक ऊर्जा दिनेगरि अघि बढिरहनुपर्छ। आफ्नो कर्तव्यलाई इमान्दार भएर निर्वाह गर्ने हो। बस्!’
+++
हरेक देशका लागि पूर्वाधार निर्माण ‘पूर्वसर्त’नै हो। पर्यटन, जलविद्युत, यातायात, स्वास्थ्य, शिक्षा, लजिस्टिकजस्ता जुनसुकै क्षेत्रमा पनि हुने लगानीले मल्टिप्लायर इफेक्ट हुन्छ जसले अर्थतन्त्रलाई चलायमान र वृद्धि दुवैतर्फ अघि लैजान्छ।
चीन, अमेरिका, अष्ट्रेलिया, जापानजस्ता विकसित देशमा जब अर्थतन्त्रमा समस्या देखिन्छ उनीहरुले विशेष घोषणाहरु गरेर ठूलो धनराशि पूर्वाधारमा खर्च गर्छन्। जसले मल्टिप्लायर इफेक्ट ल्याउँछ र अर्थतन्त्रलाई मन्दीमा जानबाट रोक्छ। तर, नेपालमा त्यसो हुन सकिरहेको छैन। पूर्वाधार निर्माण क्षेत्रमा हाल देखिएका समस्यालाई भोगिरहेका उद्यमीमध्ये एक हुन् वीरेन्द्र।
‘छिमेकी देशहरुले पूर्वाधार विकास निर्माणको काम जसरी अघि लगे हामी तुलनात्मक रुपले कमजोर भयौं। हामी स-साना समस्यामा अल्झियौं। लार्जर पिक्चर लिएर दीर्घकालीन समाधानमा गएनौं। प्याच वर्कमा लागेकाले तत्काल ससाना समस्या त समाधान भए ठूला ज्यूँ का त्यूँ रहे।’- उनले गुनासो गरे।
वीरेन्द्र निर्माण क्षेत्रमा चलिआएको प्रोक्योरमेन्टको सिस्टमलाई ‘अब बदल्नुपर्छ’ भन्छन्।
उनले यसरी अर्थ्याए- ‘लोएस्ट बिडर भनेपछि त्यसैलाई लिने भन्ने चलन छ। अब लिगल सिस्टमलाई बदलेर त्यो अवास्तविक लो बिडिङको प्रवृत्ति हटाउनुपर्छ। आधा लागतमा कोट भइरहेको हुन्छ जुन सम्भव नै हुन्न। सम्भव नै नहुने लागत आउँदा पनि हामी प्रश्न गर्दैनौं। त्यही लो बिडरले परियोजना पाएन भने कानुनी झमेला सुरु हुन्छ। तर, अब प्रश्न गर्न सक्नुपर्छ त्यो परियोजना कहिले सम्पन्न हुन्छ? रिटर्न कुन समयमा कसरी आउँछ? गुणस्तर कस्तो हुन्छ? लागतमा मात्र लक्षित भएर हुने प्रक्रियामा सुधार नभएसम्म आयोजनाहरु समयमै सम्पन्न हुने र गुणस्तरमा प्रश्नचिन्ह लागिरहन्छ।’
नयाँ प्रविधिमा जान नसक्नु, दक्ष जनशक्ति उत्पादन नहुनु र युवा विदेशिइरहने क्रमले दीर्घकालमा देशलाई ठूलो घाटा हुने उनले देखेका छन्।
विकासे मन्त्रालयहरुबीच समन्वयको अभावले पनि दिगो परियोजनाहरुमा लगानीका लागि अनुसन्धान, विकास र योजना लक्षित कामहरु हुन नसकेको उनले महसुस गरेका छन्।

निर्माण क्षेत्रको मात्र होइन हरेक अन्य क्षेत्रबाट जनशक्ति पलायन हुनुलाई उनी दुखद भन्छन्। निर्माण क्षेत्रको हाइ पेड जबमा भारतीय कामदारहरुको बाहुल्यता उनी देख्छन्। १५ लाख कामदारमध्ये करिब ५ लाख भारतीय कामदारहरु नेपालको निर्माण क्षेत्रमा कार्यरत रहेको उनले बताए। हस्पिटालिटी क्षेत्रमै तीन गुना बढी तलब दिएर विदेशबाट उच्च तहमा कामदार हायर गरिने तर नेपालबाट युवाहरु दक्षता बिनै विदेशिदा कम पैसाका लागि बढी दुःख पाइरहेको उनलाई मन परेको छैन। कामदार भिसामा विदेशिने नेपाली युवाहरुले त्यहाँ बस्दा चुकाउनुपरेको सामाजिक मूल्य बेग्लै छ।
‘मान्छे निर्यात गरेर कुनै पनि देश धनी भएको छैन। यहीँ अड्याएर प्रोडक्टिभ बनाउनुपर्छ।’- उनले भने। यसका लागि यहाँको शैक्षिक प्रणालीमा सुधार गर्ने काम प्राथमिक रहेको उनलाई लाग्छ।
विकासे मन्त्रालयहरुबीच समन्वयको अभावले पनि दिगो परियोजनाहरुमा लगानीका लागि अनुसन्धान, विकास र योजना लक्षित कामहरु हुन नसकेको उनले महसुस गरेका छन्। यी सबै मन्त्रालयहरुले समन्वयात्मक रुपमा काम गरुन् भन्नाका लागि छुट्टै निकाय आवश्यक पो हो की जस्तो पनि उनलाई लागेको छ।
पूर्वाधारलाई हेर्ने छुट्टै निकाय विकास गरी त्यही क्षेत्रको अनुसन्धान र विकासमा लागिपरे युवाहरु पलायन हुने क्रम रोक्न सकिन्थ्यो भन्ने उनको बुझाइ हो। यसबाट नयाँ नयाँ उपकरण र उत्पादनको अध्ययन गर्ने, निर्माण कम्पनीहरुका लागि परामर्श, जनशक्ति व्यवस्थापन र उनीहरुको क्षमता अभिवृद्धि जस्ता प्रक्रियाहरुमा सघाउ पुग्ने हुँदा सरकारले छुट्टै निकाय बनाउन उनी सुझाव दिन्छन्।

वीरेन्द्र नेपालबाट पलायन हुने युवा जमातलाई भन्छन् –’यहाँ निराशा मात्र छैन अपार सम्भावना पनि छ।’ सोचेको जस्तो काम नभएको होला। अझै कुर्नुपर्ला। बढी मेहनत गर्नुपर्ला तर रिजल्ट आउँछ।
वीरेन्द्र नेपालबाट पलायन हुने युवा जमातलाई भन्छन् –’यहाँ निराशा मात्र छैन अपार सम्भावना पनि छ।’ सोचेको जस्तो काम नभएको होला। अझै कुर्नुपर्ला। बढी मेहनत गर्नुपर्ला तर रिजल्ट आउँछ।
विश्वका कुनै पनि देश एकैपटक विकसित भएका होइनन्। पश्चिमी देशहरु नै पनि कति स्ट्रगलपछि बनेका हुन्। उनीहरुले लामो समय पूर्वाधार निर्माणमा समस्या झेले। समाधानमा धेरै वर्ष लगाए, उनीहरु पनि विकासका कैयन् अप्ठ्यारा चरणहरु पार गरेर आजको अवस्थामा आइपुगेका हुन्।
वीरेन्द्र नेपाली अर्थतन्त्रमा देखिएको कालो बादलमा चाँदीको नभइ सुनकै घेरा देख्छन्- ‘हामीसँग राम्रो हावापानी छ, भौगोलिक विविधता छ। मुख्य कुरा यहाँ शान्ति छ। नयाँ पुस्ता अझ बढी उत्साहका साथ काम गर्न चाहेको देख्छु। सँगै प्रविधिहरुमाथि सहज पहुँच छ। सूचना संचारको उपयोग बढेको छ। दक्षता र जनशक्तिमा पहुँच बढाउन सकिन्छ। विकसित देशहरुले बिगतमा १०० वर्ष लगाएर गरेको काम अब हामी १० वर्ष भित्रै गर्न सक्छौं। त्यसैले हामी हतास हुनु परिहाल्ने अवस्था होइन।’
उनले पटक पटक सम्भावना दर्शाए – ‘हामी लिपफ्रग गर्न सक्छौं। अब चाहिएको केही छ भने, त्यो हो दृढ प्रतिबद्धता।’