८ महिनामा १४.५५ खर्बको सेयर किनबेच, वाणिज्य बैंकलाई उछिने फाइनान्स कम्पनीले

बिजमाण्डू
२०८१ चैत्र ३ गते १६:२५ | Mar 16, 2025
८ महिनामा १४.५५ खर्बको सेयर किनबेच, वाणिज्य बैंकलाई उछिने फाइनान्स कम्पनीले


काठमाडौं। सेयर बजारमा ८ महिनामा साढे १४ खर्ब रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ। चालु आर्थिक वर्ष फागुन मसान्तसम्म १४ खर्ब ५५ अर्ब ८६ करोड रुपैयाँ बराबरको ३ अर्ब २५ करोड ९४ लाख कित्ता सेयर कारोबार भएको हो।

Tata
GBIME
NLIC

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार पोहोर ८ महिनाको तुलनामा यस वर्ष रकमका आधारमा सेयर कारोबार २५०.१५ प्रतिशतले बढेको हो।

गत वर्ष फागुनसम्म ४ खर्ब १५ अर्ब ७८ करोड रुपैयाँको १ अर्ब २५ करोड ७४ लाख कित्ता सेयर कारोबार भएको थियो। यो वर्ष औसतमा दैनिक ९ अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार भएको छ।

८ महिनामा हाइड्रोपावरको सर्वाधिक कारोबार हुँदा वाणिज्य बैंकलाई फाइनान्स कम्पनीले उछिनेका छन्। हाइड्रोपावरको ४ खर्ब ९३ अर्ब ९७ करोड, फाइनान्स कम्पनीको १ खर्ब ५२ अर्ब र वाणिज्य बैंकको १ खर्ब ४२ अर्ब रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

गत असारमा संसद्का दुई ठूला दल कांग्रेस र एमालको सत्ता समिकरणपछि उच्च अंकले बढेको सेयर बजारमा साउन मसान्तमा एकैदिन २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो।

दुई आर्थिक वर्ष ८ महिनासम्म सेयर कारोबार रकम (रु दश लाखमा)

उपसमूह२०८१/८२२०८०/८१
अन्य८७६६४.०१२६२९५.४९
होटल तथा पर्यटन२७८३८.३२१५२२७.६५
हाइड्रोपावर४९३५७७.६६१२५४९५.५
लाइफ इन्स्योरेन्स८१७२१.८४०९२५.४८
कमर्सियल बैंक१४२७३२.२७४६३६७.७९
ट्रेडिङ४९१३.९९२६६९.२७
निर्जीवन बीमा कम्पनी५९७०२.६२६६३६.८२
फाइनान्स१५२३३२.३६१६९५३.४७
इन्भेष्टमेन्ट१०२८२६.७६२५१२५.९३
उत्पादन तथा प्रशोधन५८८५१.७७३६५७३.७३
विकास बैंक११६४३९.२७२१११५.७३
माइक्रो फाइनान्स१०२५९४.२९२०४६६.३
म्युचुअल फण्ड३७३८.१५१२५४.४५
संस्थापक सेयर१८६२२.६३९५४८.२१
डिबेन्चर२३०४.२९११२६.११
कुल कारोबार१४५५८६०.१७४१५७८१.९३
स्रोत : नेप्से