चाँदीको भाउ घट्दा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजमाण्डू
२०८१ फागुन २५ गते ११:०७ | Mar 9, 2025
चाँदीको भाउ घट्दा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य सामान्य बढेको छ। आइतबार सुन तोलामा १०० रुपैयाँ बढेको हो।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला १ लाख ७० हजार ३०० रुपैयाँ निर्धारण भएको छ।

गत शुक्रबार ५०० रुपैयाँ घटेर प्रति तोला १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आइतबार घटेको छ। चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेर प्रति तोला १ हजार ९८५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रति औंस २९११.१७ डलर र चाँदीको मूल्य प्रति औंस ३२.५५ डलर छ। शुक्रबार सुन प्रति औंस २९०८.३ डलर र चाँदी प्रति औंस ३२.६१ डलर थियो।