सुनको मूल्य लगातार दोस्रो दिन बढ्यो, प्रति तोला ९०० रुपैयाँ वृद्धि, चाँदीको भाउ यस्तो

बिजमाण्डू
२०८१ फागुन २१ गते ११:१८ | Mar 5, 2025
सुनको मूल्य लगातार दोस्रो दिन बढ्यो, प्रति तोला ९०० रुपैयाँ वृद्धि, चाँदीको भाउ यस्तो


काठमाडौं। सुनचाँदीको मूल्य नेपाली बजारमा लगातार दोस्रो दिन बढेको छ। सुनको मूल्य बुधबार प्रति तोला ९०० र चाँदीको मूल्य १० रुपैयाँ बढेको हो।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला १ लाख ७० हजार ४०० रुपैयाँ पुगेको छ। सुन मंगलबार प्रति तोला १४०० रुपैयाँ बढेर १ लाख ६९ हजार ५०० रुपैयाँका दरले किनबेच भएको थियो।

चाँदीको मूल्य प्रति तोला १९५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।