सुनको मूल्यमा भारी गिरावट, प्रति तोला २७०० रुपैयाँ सस्तियो, चाँदीको भाउ पनि घट्यो

बिजमाण्डू
२०८१ फागुन ४ गते १०:५६ | Feb 16, 2025
सुनको मूल्यमा भारी गिरावट, प्रति तोला २७०० रुपैयाँ सस्तियो, चाँदीको भाउ पनि घट्यो


काठमाडौं। नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रति तोला २ हजार ७०० रुपैयाँ घटेको छ।

Tata
GBIME

शुक्रबार प्रति तोला १ लाख ७० हजार २०० रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आइतबार १ लाख ६७ हजार ५०० रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ। चाँदीको भाउ आइतबार १ हजार ९५५ रुपैयाँमा कायम भएको छ।