काठमाडौंमा आर्थिक अपराध बढ्दो, एसएसपी भन्छन्- पैसा उठाइदिनु पर्‍यो भन्दै आउने धेरै छन्

बिजमाण्डू
२०८१ फागुन २ गते ११:३३ | Feb 14, 2025
काठमाडौंमा आर्थिक अपराध बढ्दो, एसएसपी भन्छन्- पैसा उठाइदिनु पर्‍यो भन्दै आउने धेरै छन्


काठमाडौं। पछिल्लो समय देशभर नै आर्थिक अपराधका घटना बढेका छन्। प्रहरीको तथ्यांक अनुसार आर्थिक अपराधमा सबैभन्दा धेरै बैंकिङ कसुरका घटना छन्।

Tata
GBIME
NLIC

आर्थिक अपराधका घटना बढ्नुलाई प्रहरीले ठूलो चुनौतीका रुपमा लिएको छ। काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारी पैसा उठाइदिनका लागि गुहार माग्नेको संख्या बढेको बताउँछन्।

‘हामीकहाँ पैसा उठाइदिनु पर्‍यो भन्दै आउनेहरु धेरै छन्,’ उनले भने।

जिल्ला प्रहरी परिसर काठमाडौंमा चालु आर्थिक वर्ष पुस मसान्तसम्म चेक बाउन्ससहितका ४ हजार ३४५ वटा जाहेरी परेका छन्।

जाहेरीअनुसार ५ अर्ब ७ करोड ३९ लाख १० हजार ८७८ रुपैयाँ बिगो छ। पोहोर १ वर्षमा ५ अर्ब ६२ करोडको बिगो रहेकामा यसपालि ६ महिनामै त्यही हाराहारी पुगेको हो।

त्यस्तै अनलाइन ठगीमा पनि ५ अर्बभन्दा बढी विगोसहितको जाहेरी परेको छ।