झापाबाट बसमा काठमाडौं आइरहेका दुई भारतीय युवक सुनसहित नागढुंगामा पक्राउ

बिजमाण्डू
२०८१ फागुन १ गते १३:०५ | Feb 13, 2025
झापाबाट बसमा काठमाडौं आइरहेका दुई भारतीय युवक सुनसहित नागढुंगामा पक्राउ
फाइल फोटो


काठमाडौं। झापाबाट काठमाडौंका लागि बसमा यात्रा गरिरहेका दुई यात्रु अवैध रुपमा ल्याएको सुनसहित पक्राउ परेका छन्।

Tata
GBIME
NLIC

काठमाडौं प्रवेश नाका नागढुंगामा जाँचका क्रममा साथमा सुन बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतीय नागरिक राहुल सहकला र महेश अमृत मानी छन्।

उनीहरुको साथबाट बिस्कुट आकारको ३१८ ग्राम सुन बरामद भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले पछिल्लो समय आपराधिक गतिविधिलाई ध्यानमा राखेर काठमाडौं प्रवेश नाकामा चेकिङ कडा पारेको छ।

त्यस्तै परिसरले एकै साथ काठमाडौंभित्र सर्प्राइज चेकिङ गर्ने रणनीति समेत ल्याएको छ। तर, यो अझैं कार्यान्वयन भने भइसकेको छैन।