
काठमाडौं । टाटाको नयाँ गाडी कर्भ इभी नेपाली बजारमा भित्रिएको छ। टाटाले आफ्ना लागि नेपाली बजारमा ‘गेम चेन्जर’ हुने मानेको कर्भ इभी सुरुवाती चरणमा टेस्ट ड्राइभका लागि सीमित संख्यामा नेपाल ल्याइएको हो।
टाटाको गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङले कर्भ इभी मंगलबार नेपाल भित्र्याएको गाडी बुधबार काठमाडौं आइपुगेको हो।
कम्पनीले देभभरको टेरेन्टमा ५ देखि १० हजार किलोमिटरसम्म टेष्ट ड्राइभ गरेपछि गाडी बिक्रीमा राख्ने बताएको छ। सिप्रदी ट्रेडिङले नयाँ मोडलका गाडी बजारमा ल्याउँदा बिक्रीमा राख्नुअघि टेष्ट ड्राइभ गर्ने गरेको छ।
टाटाले डिजाइन, सेफ्टी फिचर, साउन्ड सिस्टम, प्रिमियम इन्टेरियर, युजर फ्रेन्ड्ली प्रविधि, पावरट्रेन जस्ता फिचरका कारण कर्भ इभीले नेपालमा राम्रो बजार पाउने अपेक्षा लिएको छ।
टाटा कर्भ इभीसँग प्रतिस्पर्धा गर्न नेपाली बजारमा हुन्डाई क्रेटा इभी र महिन्द्रा बीई ६ गाडी पनि आउँदैछन्। यस्तै चिनियाँ गाडी एमजी एस ५ यसै यसै साता नेपाल भित्र्याउने तयारी छ।
कर्भ इभी टाटाले अहिलेसम्म उत्पादन गरेकामध्ये सबैभन्दा उत्कृष्ट गाडी भएको दाबी कम्पनीको छ। टिगोर, नेक्सन, टियागो र पन्च इभीमा देखिएका कमजोरी एड्रेस गर्ने गरि कर्भ इभी बनाइएको टाटाले जनाएको छ। फिचर, लुक्स र पावरट्रेनमा निक्कै मिहिनत गरेको देखिन्छ।
सिप्रदीले इभीका लागि देशभर चार्जिङ नेटवर्क बढाएको छ। डीसी फाष्ट चार्जिङ नेटवर्क २८ स्थानमा विस्तार गरेको कम्पनीले डेढ सयभन्दा बढी एसी फाष्ट चार्जर राखेको छ। कम्पनीले ब्याट्री रिपेयर सेन्टर, इभी डेडिकेटेड सर्भिस सेन्टर, स्पेयर पार्टस र ट्रेनिङ सेन्टर समेत तयार पारेको छ।

स्लिक कुपे डिजाइन
कर्भ इभी स्लिक कुप डिजाइनमा तयार पारिएको एसयूभी हो। टाटाले यसअघि आफूले उत्पादन गरेभन्दा फरक डिजाइनमा कर्भ इभी ल्याएको छ। गाडीमा वेलकम र गुडबाई कनेक्टेड सिग्नेचर डीआरएल राखिएको छ। जसले गाडीलाई राम्रो लुक्स प्रदान गरेको छ। यस्तै एलईडी प्रोजेक्टर हेड ल्याम्प पनि छ।
गाडीमा स्मार्ट डिजिटल स्टेरिङ ह्वील छ। गाडी ड्राइभ गर्ने बेला अन्य फिचर चलाउन सजिलो होस् भन्नका लागि स्टेरिङमा धेरै कुरा कन्ट्रोल गर्न मिल्ने सुविधा उपलब्ध छ।
टाटाले आफ्नो गाडीमा नेपाली बजारमा उपलब्ध धेरै चिनियाँ गाडीजस्तै पहिलोपटक फ्लस डोर ह्यान्डल राखेको छ। यसले गाडीको लुक्सलाई प्रिमियम बनाएको छ।

यो सेगमेन्टमा कुप डिजाइन भएको एसयुभी नेपाली बजारमा पहिलो पटक आएको हो। यस अघि नेपाल भित्रीएका कुप डिजाइन भएका एसयुभी महँगो हुने र लक्जरीमा मात्रै आउने गरेको थियो। तर, टाटाले भने यो सेगमेन्टमा पनि कुपे डिजाइन भएको गाडी बजारमा ल्याएको छ।
डाइमेन्सन
कर्भ इभी ४.३ मिटर लम्बाइ भएको कुप एसयूभी हो। यसमा २.५ मिटरको ह्वीलबेस र १९३ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ। जुन नेपाली सडकका लागि राम्रो मानिन्छ।
बुट स्पेस ५०० लिटरको छ। अगाडि फ्रन्कमा ११.६ लिटरको स्पेस छ। जहा ल्यापटप ब्याग पनि राख्न सकिन्छ। यसको टर्निङ रेडियस ५.३ मिटरसम्मको छ।
यसमा अगाडि पछाडि दुवै डिस्क ब्रेक उपलब्ध छ। यस्तै १७ र १८ इन्चको एलोय ह्वील भएको टायर तथा ५ जनाको सिट क्षमता छ।
पावरट्रेन
गाडीमा ४५ किलोवाट आवर र ५५ किलोवाट आवर क्षमताका दुईवटा ब्याट्री प्याक उपलब्ध छ। सुरुमा नेपाली बजारमा ५५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक भएको कर्भ इभी आउने कम्पनीले जनाएको छ।
यसले फुल चार्जमा ५०२ किलोमिटरको रेन्ज प्रदान गर्छ। यो ब्याट्री डीसी फाष्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज गर्न ४० मिनेट लाग्छ। यसमा मोटर पावर भने ९८ किलोवाट क्षमताको छ।

टाटाले गाडीमा मल्टी ड्राइभ मोड पनि प्रदान गरेको छ। नेपालको टेरेन्ट र सडकको अवस्था हेरेर ड्राइभ मोड परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ। यसमा ७.२ किलोवाटको एसी फाष्ट चार्जर पनि उपलब्ध छ।
कम्पनीले चार्जिङ पोर्ट भने अगाडि भागमा राखेको छ। अगाडि चार्जिङ पोर्ट हुँदा गाडी चार्ज गर्न सजिलो हुन्छ।
ब्याट्रीमा पानी र धुलो छिर्दैन। आईपी ६७ अर्थात इन्ग्रेस प्रोटेक्सन मापन गरी ब्याट्री प्रमाणित गरिएको छ। आईपी ‘६’ले डस्ट र ‘७’ ले वाटर प्रोटेक्सनलाई जनाउँछ।
कर्भ इभीको एक्सिलेरेसनले ८.६ सेकेन्डमा ०-१०० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ।
टाटाले पन्चमा जस्तै यसमा पनि फिजिकल कन्ट्रोल प्यानल राखेको छ। जसलाई डिजिटल स्क्रिनमा टच वा बटन थिचेर दुवै तरिकाले चलाउन सकिन्छ। यस्तै आवाजबाटै कन्ट्रोल गर्न सकिने सनरुफ पनि यसमा छ। जसको साइडमा मुनलाइट प्रदान गरिएको छ।
गाडीमा टाटाले मल्टिमुड एम्बियन्ट लाइटिङ राखेको छ। आफ्नो मुड अनुसार मन लागेको एम्बियन्ट लाइट बालेर गाडी ड्राइभ गर्न सकिन्छ। जीपीएसका लागि सार्कफिन एन्टेना छ।

हर्मनको इन्फोटेन्मेन्ट सिस्टम, जेबीएलको स्पिकिर
कर्भ इभीमा हर्मनको इन्फोटेन्मेन्ट सिस्टम भएको १२.३ इन्चको सिनेम्याटिक टचस्क्रिन उपलब्ध छ। कम्पनीले जेबीएलको सिनेम्याटी साउन्ड सिस्टम भएको ९ वटा हाई क्वालिटी स्पिकर राखिएको छ। यसमा मल्टिपल अडियो मोड छन्। वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छन्।
कर्भ इभीमा १०.२५ इन्चको डिजिटल कक्पिट छ। जसलाई मल्टिपल डिस्प्लेका रुपमा प्रयोग गर्न सकिन्छ। हावामा एक्यूआई लेभल कति छ भन्ने थाहा पाउनका लागि डिस्प्लेसहित एयरप्युरिफायर उपलब्छ छ।
टाटाले कर्भ इभीमा पावर टेलगेटसहित गेस्चर एक्टिभेसनको सुविधा दिएको छ। जसलाई खुट्टाको गेस्चरले टेलगेट अन गर्न सकिन्छ। दुवै हातमा सामान भएको अवस्थामा यो फिचरले बुटमा सामान राख्न सजिलो हुन्छ।
गाडीमा अटोफोल्ड हुने इलेक्ट्रिक ओआरभीएम पनि उपलब्ध छ। जसले मिरर कन्ट्रोललाई सरल बनाउँछ। साथै अटो डिमिङ आईआरभीएम सुविधा पनि छ। जसले राति यात्रा गर्दा लाइट डिम गरिराख्नु पर्दैन। मोबाइल फोनका लागि वायरलेस चार्जरको पोर्ट पनि उपलब्ध छ। अटोमेटिक हेडल्याम्प र पानी परेको बेला अटोमेटिक रुपमा चल्ने रेन सेन्सिङ वाइपर गाडीमा उपलब्ध छ।

कर्भमा अर्को गाडी चार्ज गर्न मिल्ने सुविधा पनि छ। तर गाडी एउटै पावर भएको हुनु पर्नेछ। जसलाई भेहिकल टु भेहिकल चार्ज सुविधा भनिन्छ। भेहिकल टु लोड सुविधा पनि टाटा कर्भमा उपलब्ध छ। ड्रोन, ई-स्कुटर र क्याम्पिङका लागि आवश्यक पर्ने कुकिङ इन्डक्सन पनि प्रयोग गर्न सकिन्छ।
कम्पनीले कर्भ इभीका लागि ईरा डट इभी स्मार्ट वाच कनेक्टिभिटी पनि प्रदान गरेको छ। जसले गर्दा गाडीको हरेक अवस्था घडीमा देख्न सकिन्छ।
भेन्टिलेसन भएको कम्फर्ट सिट कर्भ इभीमा छ। ड्राइभिङ सिटलाई ६ वटा वेमा आफू अनुकूल बनाउन सकिन्छ। यसमा पावर एडजस्टेबल छ। को-प्यासेन्जर सिट म्यानुअलरुपमा ६ वटा विकल्पमा मिलाउन सकिन्छ।
कर्भ इभीमा पछाडि पनि एसी भेन्ट छ। जसले गर्दा पछाडि बस्ने प्यासेन्जरहरुलाई एसीको पहुँच सजिलै पुग्छ। यस्तै कुल्ड भएको ग्लोबबक्स उपलब्ध छ। लामो दूरीमा ड्राइभ गर्दा क्रुज कन्ट्रोल अन गर्न सकिने सुविधा छ। साथै किलेस इन्ट्रीसहित स्टार्ट अफ र अन गर्न पुस-बटन छ।

सेफ्टीमा के छ?
कर्भ इभी भारत एनक्याप टेस्टमा ५ स्टार ल्याउन सफल गाडी हो। यसले गाडी निक्कै सुरक्षित रहेको प्रमाणित गर्छ।
सेफ्टी फिचरहरुमा नयाँ एड्भान्स्ड ड्राइभर असिस्टेन्ट (एडास) लेभल-२ उपलब्ध छ। स्टप र गो सुविधासहितको एडप्टिभ क्रुज कन्ट्रोल अर्थात एडप्टिभ स्टेरिङ असिस्ट, लेन किप असिस्ट, अटोनोमल इमर्जेन्सी ब्रेकिङ, ट्राफिक साइन रिकग्निसन, रियर क्रस ट्राफिक अलर्ट, लेन चेन्ज अलर्ट, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट भ्यु मोनिटर, ब्लाइन्ड स्पट डिटेक्सन, लेन डिपार्चर वार्निङ, फर्वार्ड कोलिजन वार्निङ, हाइ बिम असिस्ट, डोर ओपन अलर्ट जस्ता फिचर उपलब्ध छन्।
यस्तै अटो होल्ड भएको इलेक्ट्रिक पार्किङ ब्रेक सिस्टम छ। एसओएस कल फङ्सन, फ्रन्ट पार्किङ सेन्सर, ६ वटा एयरब्याग, हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल पनि यसमा छ।