कर्जाको ब्याजदर निरन्तर सस्तिंदै, फाइनान्स कम्पनीको सबैभन्दा धेरै घट्यो, बैंकको कति सस्तियो?

बिजमाण्डू
२०८१ माघ २० गते १८:३० | Feb 2, 2025
कर्जाको ब्याजदर निरन्तर सस्तिंदै, फाइनान्स कम्पनीको सबैभन्दा धेरै घट्यो, बैंकको कति सस्तियो?


काठमाडौं। पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर २.६९ प्रतिशत विन्दुले घटेको छ।

Tata
GBIME
NLIC

बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम)का कारण बैंकहरुले लागत कम गर्न घटाउँदै आइरहेको निक्षेपले बेसरेट घट्न गइ कर्जा सस्तिन पुगेको हो।

चालु आर्थिक वर्षको पुसमा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ८.६९ प्रतिशतमा झरेको छ। पोहोर पुसमा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ११.३८ प्रतिशत थियो।

त्यसैगरी विकास बैंकहरुको कर्जाको औसत ब्याजदर ३.०४ प्रतिशत र फाइनान्स कम्पनीहरुको ३.०८ प्रतिशत विन्दुले घटेको छ।

पोहोर पुसमा विकास बैंकको कर्जाको औसत ब्याजदर १३.१४ प्रतिशत र फाइनान्स कम्पनीहरुको १४.०९ प्रतिशत थियो।