वसन्तपुरको झ्व:छेँमा बेनेभिसको आइसक्रिम पार्लर, २५ प्रतिशत ‘ओपनिङ डिस्काउन्ट’

बिजमाण्डू
२०८१ माघ १८ गते ०६:५२ | Jan 31, 2025
वसन्तपुरको झ्व:छेँमा बेनेभिसको आइसक्रिम पार्लर, २५ प्रतिशत ‘ओपनिङ डिस्काउन्ट’


काठमाडौं । अन्तर्राष्ट्रिय स्कटिस आइसक्रिम ब्रान्ड बेनेभिसको नयाँ आउटलेट वसन्तपुरको झ्व:छेँमा संचालनमा आएको छ।

Tata
GBIME
NLIC

वसन्तपुर आइसक्रिम पार्लरको उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक विकल कर्माचार्य र अभिनेत्री अन्ना शर्माले संयुक्त रुपमा गरेका थिए।

कुनै समय हिप्पीहरुको भिड रहने झ्वछेँमा अहिले नयाँ पुस्ताको राम्रो चहलपहल हुने गरेको छ।

कम्पनीले आफ्ना सबै ग्राहकहरुलाई आफ्नो पार्लरमा सीमित अबधिका लागि २५ प्रतिशत ओपनिङ छुटको अफर पनि ल्याएको छ।

नयाँ पार्लरमा भ्यानिला कारमेल, ब्राउनी, स्ट्रबेरी चिजकेकदेखि मिडनाइट कुकीज र पिनट बटर, भेगन र चकलेट फ्लेवरमा प्रिमियम स्वादका आइसक्रिमहरु उपलब्ध हुनेछन्। कम्पनीले पार्लरमा वाल्टर क्लेम्यानको नाममा वाफल सेग्मेन्ट पनि ल्याएको छ।

आफ्ना ग्राहकहरूलाई विभिन्न स्वादहरू मार्फत सेवा दिएपछि बेनेभिसले पार्लरमा थप अद्वितीय स्वादहरू प्रदान गर्ने कम्पनीको दाबी छ। कम्पनीले थप आउटलेटहरू विस्तार गर्ने लक्ष्य पनि राखेको छ।

पढ्नुस : हिप्पीहरुको ‘फ्रिक स्ट्रिट’मा नयाँ पुस्ताको चहलपहल, ठमेल ठप्प हुँदा फेरि जगमगाएको झ्व:छेँ

कम्पनीकी संचालक रश्मी कर्माचार्यले बेनेभिसले नेपालको आइसक्रिम बजारमा गुणस्तर र स्वादको मापदण्ड तोक्ने र नयाँ पार्लरमा विभिन्न स्वादका आइसक्रिम वितरण गर्ने लक्ष्य राखेको जानकारी दिइन्।