
काठमाडौं । भारतमा हुन्डाई क्रेटा इभीको बुकिङ खुला भएको छ। हुन्डाई मोटर इन्डियाले केहि दिनपछि सार्वजनिक हुने क्रेटा इभीको बुकिङ खुलाएको हो।
कम्पनीले अहिले २५ हजार भारतीय रुपैयाँमा सो गाडी बुकिङ गर्न सकिने जनाएको छ। हुन्डाई क्रेटा इभी माघको पहिलो हप्ता हुने भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरिँदैछ।
कम्पनीले अहिलेका लागि प्रि-बुकिङ खुलाएको हो। यसको मूल्य अहिलेसम्म तोकिएको छैन।
क्रेटा इभी गाडी एक्ज्युकेटिभ, स्मार्ट, प्रिमियम र एक्सीलेन्स गरि ४ वटा भेरियन्टमा उपलब्ध छन्। यसमा ४२ किलोवाट आवर(युनिट) र ५१.४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ। जसले ३९० किलोमिटर र ४७३ किलोमिटर रेन्ज दिन्छ।
हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मि इन्टरकन्टिनेन्टलले क्रेटा इभी माघ महिनाको अन्तिमतिर नेपाल ल्याउने तयारी गरिरहेको छ।