बीवाइडीको व्यापारमा उछाल, एक वर्षमा बेच्यो ४३ लाख ७२ हजार गाडी, नेपालमा ६ हजार

बिजमाण्डू
२०८१ पुष १७ गते १७:३६ | Jan 1, 2025
बीवाइडीको व्यापारमा उछाल, एक वर्षमा बेच्यो ४३ लाख ७२ हजार गाडी, नेपालमा ६ हजार


काठमाडौं। चिनियाँ गाडी उत्पादक कम्पनीले बीवाइडी इंकको व्यापारमा उछाल देखिएको छ। कम्पनीले सन् २०२४ मा ४२ लाख ७२ हजार १४५ युनिट गाडी बिक्री गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीका अनुसार यो संख्या गत वर्षको तुलनामा ४१.३ प्रतिशत बढी हो। डिसेम्बर महिनामा मात्रै कम्पनीले ५ लाख १४ हजार युनिट गाडी बिक्री गरेको छ। कम्पनीले २०२३ मा ३० लाख गाडी बिक्री गरेको थियो।

बीवाइडी इंकले २०२४ मा १७ लाख ६४ हजार ९९२ युनिट प्यासेन्जर ब्याट्री इभी बिक्री गरेको छ। यो संख्या अघिल्लो वर्षभन्दा १२ प्रतिशत बढी हो।

यस्तै कम्पनीले २४ लाख ८५ हजार ३७८ युनिट प्लग-इन हाइब्रिड भेहिकल बिक्री गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ७२.८ प्रतिशत बढी हो। कम्पनीले २०२३ मा १४ लाख प्लग-इन हाइब्रिड भेहिकल बिक्री गरेको थियो।

चीन बाहिर ४ लाख १७ हजार २०४ युनिट गाडी बिक्री गर‍ेको कम्पनीले जनाएको छ। ती मध्ये ६ हजार युनिट नेपालमा बिक्री भएका हुन्। नेपालमा बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले डल्फिन, एटो ३ धेरै बिक्री भएको बताएको छ। कम्पनीले नेपाली बजारमा ई ६, डल्फिन, एटो ३, एम ६, सिल बिक्री गर्दै आएको छ।

बीवाइडी अहिले विश्वमा सबैभन्दा धेरै ब्याट्री सप्लाई गर्ने दोस्रो कम्पनी हो। उसले टेस्ला, निओ र टोयोटा जस्ता ब्रान्डलाई ब्याट्री सप्लाई गर्दै आएको छ। इभी बजारमा बीवाइडीको बजार हिस्सा ४१.५ प्रतिशत हिस्सा छ।