दिपलले ल्यायो नयाँ वर्ष योजना, ४.९९% निश्चित ब्याजदरमै इभी खरिद गर्न सकिने

बिजमाण्डू
२०८१ पुष १७ गते १६:४८ | Jan 1, 2025
दिपलले ल्यायो नयाँ वर्ष योजना, ४.९९% निश्चित ब्याजदरमै इभी खरिद गर्न सकिने


काठमाडौं । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले निश्चित ब्याजदर मै दिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

‘न्यू इयर, न्यू दिपल’ योजनामार्फत अब बजारमै सबैभन्दा कम ४.९९ % ब्याजदरमै फ्युचरिस्टिक इभी दिपललाई खरिद गर्न सकिनेछ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) सँग सहकार्यमा यो योजना सार्वजनिक गरिएको हो। जसमा प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको कम्पनीले जनाएको छ।

यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदरमा गाडी सहित नि: शुल्क एसेसोरिज, नि:शुल्क सडक कर, नि:शुल्क अटो प्लस इन्स्योरेन्सका पाउनेछन्। साथै, टप रिकन्डिसन हाउसहरुमार्फत पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउने कम्पनीले जनाएको छ।

दिपल एस०७ र दिपल एल०७ मा १५ भन्दा बढी ‘फर्स्ट टाइम इन नेपाल’ फिचरहरु रहेको कम्पनीको दाबी छ। यसमा सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता फिचरहरु छन्।